पोखरामा ६९ सहित गण्डकी प्रदेशमा २ सय जनामा कोरोना पुष्टि
"संक्रमितमध्ये ५ हजार ९ सय ७९ जना निको "
तपाईको प्रतिक्रिया





पोखरामा ६९ सहित गण्डकी प्रदेशमा २ सय जनालाई कोरोना पुष्टि भएको छ ।
यो सहित गण्की प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ९ सय ३ पुगेको छ ।
पोखराका तीन ल्याबमा गरिएको परीक्षणमा १० जिल्लाका २ सय जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
कास्कीका ६९, नवलपुरका ४८, तनहुँका ४७, स्याङ्जाका १२, लमजुङका ८, पर्वत र बाग्लुङका ५र५, मुस्ताङका ३, गोरखाका २ र म्याग्दीका १ जनामा पोजेटिभ देखिएको हो ।
संक्रमितमध्ये ५ हजार ९ सय ७९ जना निको भएका छन । प्रदेशमा १ सय १४ संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
Related