• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण ट्यांकी बनाउने

"२२८० किलोलिटर क्षमताका ट्यांकीमासमेत पेट्रोल राखेपछि निगमको भण्डारणले यस क्षेत्रको १५ दिनको माग धान्छ "
  •    शुभेच्छा न्यूज  /२७ कार्तिक २०७७, बिहीबार १५:३३ ,  प्रकाशीत
  • नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण ट्यांकी बनाउने भएको छ।

    निगमले दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी गण्डकी प्रदेश डिपो परिसरको आफ्नै कार्यालय गगनगौंडामा ट्यांकी बनाउन लागेको हो।

    कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गर्ने क्रममा ट्यांकी निर्माण प्रक्रिया सुरू गरिएको बताए।

    उनले सातै वटा प्रदेशमा भण्डारण क्षमता विस्तार गर्ने कामको थालनी गण्डकीबाट भएको जानकारी दिए।

    “निगमले पहिलोपटक आफ्नै लगानीमा पेट्रोलिय पदार्थको भण्डारण गर्ने ट्यांकी निर्माण गर्दै छ,” उनले भने, “अब निमग आफ्नै लगानीमा सात वटै प्रदेशमा भण्डार क्षमता विस्तार गर्छ।”

    निगमले बनाउन लागेका दुई वटा ट्यांकीको भण्डारण क्षमता ५०/५० लाख लिटर (५/५ हजार किलोलिटर) क्षमताका हुनेछ।

    पेट्रोलियम पदार्थको पर्याप्त भण्डारणको अभाव भइरहँदा ७७ करोड ७७ लाख रूपैयाँको लागतमा ट्यांकी निर्माण गरिने निगमले जानकारी दिएको छ।

    उक्त ट्यांकीको निर्माण प्रक्रिया सकिएपछि गण्डकी प्रदेशको ४०/४५ दिनको डिजेल माग धान्ने निगमका गण्डकी प्रदेश प्रमुख पुष्कर कार्कीले बताए।

    निगमको डिपो परिसरभित्रै बन्न लागेको ट्यांकीको शिलान्यास उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज गर्दै छन्।

    उनले भने, “गण्डकीमा अहिले डिजेलको भण्डारण क्षमता २२ लाख ८० हजार लिटरमात्रै छ। जसले यस क्षेत्रको एक साताको माग धान्छ।”

    यस्तै, हाल निगमको गण्डकीमा पेट्रोल भण्डारण क्षमतामा ३५० किलोलिटर छ। जसले, गण्डकी प्रदेशको अहिलेको तीन दिनको मात्रै माग धान्छ।

    डिजेल भण्डारणका लागि दुई वटा ट्यांकी बनेपछि अहिले डिजेल भण्डारण भइरहेका ट्यांकीमासमेत पेट्रोल राखिने निगमका निर्देशक पूर्ण रिजालले बताए।

    उनले भने, “२२८० किलोलिटर क्षमताका ट्यांकीमासमेत पेट्रोल राखेपछि निगमको भण्डारणले यस क्षेत्रको १५ दिनको माग धान्छ।”

    निगमको डिपो परिसरभित्रै बन्न लागेको ट्यांकीको शिलान्यास उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज गर्दै छन्।

    हाल निगमको प्रादेशिक कार्यालयले यस क्षेत्रका सात जिल्लाको माग पूर्ति गर्दै आएको छ। कार्यालयले तनहुँ, कास्की, स्याङजा, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा पेट्रोलियम पदार्थ पूर्ति गर्छ।

    हाल गण्डकी प्रादेशिक कार्यालयबाट दैनिक दुई लाख ८० हजार लिटर डिजेल र एक लाख २० हजार लिटर पेट्रोल खपत हुने कार्यालयले जानकारी दिएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.