जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था गम्भीर
"उपचारमा लाग्ने खर्च पार्टी तथा शुभचिन्तकहरुको सहयोगबाट गर्ने निर्णय "
तपाईको प्रतिक्रिया





राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण देखिएको छ ।
केहीदिन यता अस्वस्थ केसीको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो ।
केसीको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष केसीको अवस्था गम्भीर रहेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
पूर्वउपप्रधानमनत्रीसमेत रहेका केसी करिब एक महिनादेखि भैरहवामा थिए ।
रुघा खोकी तथा ज्वरो आउने समस्या देखिएपछि पीसीआर परीक्षण गरिएको थियो । तर त्यहाँ रिपोर्ट निगेटिभ आएको थियो ।
मंगलबार बुटवलबाट काठमाडौँ आएका केसीलाई त्यहिदिन मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । सोही क्रममा केसीले कोरोना परीक्षण गराउँदा पोजेटिभ देखिएको हो ।
उनलाई पहिलेदेखि स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु थियो । उनको मेडिसिटी अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । स्वास्थ्य स्थिति गम्भीर छ ।
यता, आज बसेको केन्द्रीय कार्यालयको बैठकले चित्रबहादुर केसीको लामो समयसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने भएकोले उनको उपचारमा लाग्ने खर्च पार्टी तथा शुभचिन्तकहरुको सहयोगबाट गर्ने निर्णय भएको छ ।
सहयोगदाताहरुले राष्ट्रिय जनमोर्चाको बैंक खातामा सहयोग रकम जम्मा गरिदिन अनुरोध गरेको छ ।
Related