पोखरामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमित भएपछि उपचारका क्रममा स्याङजाका १ पुरुष र पोखराका २ सहित ३ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
स्याङजा वालिङका २४ बर्षीय युवकको कार्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै पोखरा १४ का ६३ वर्षीय पुरुषको कार्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएपछि उपचार कै क्रममा शनिबार विहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।
त्यसै गरि पोखरा १५ की ५० वर्षीया महिलाको २८ गते बेलुका चरक मेमोरियल हस्पिटलमा उपचार कै क्रममा मृत्यु भएको उनले बताए।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २१ पुगेको छ ।
कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ५७, नवलपुरका १९, तनहुँका १५, स्याङ्जाका १०, गोरखाका ८, बागलुङका ८, म्याग्दीका २, पर्वत र लमजुङका १ । १ जना रहेका छन् ।

Related