जुवा खालबाट १ लाख ७५ हजार सहित ३४ जना पक्राउ
"घर कोठामा अवैध रुपमा कौडा खेलीरहेको अवस्थामा प्रहरीले पक्राउ "
तपाईको प्रतिक्रिया





कौडा खेल्ने र खेलाउने सहित ३४ जना फक्राउ परेका छन् ।
गोरखाको सिरानचोक गाउँपालिका ७ खहरे स्थित धनबहादुर गुरुङको घर कोठामा अवैध रुपमा कौडा खेलीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
अवैध रुपमा हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा फेला पारी सोही स्थानबाट जुवा कौडा (गोटी) थान १६ र नगद एक लाख पचहत्तर हजार सात सय पैतिस समेत बरामद भएको प्रहरीले जनाएको छ ।
नगद र जुवा कौडा (गोटी) १६ थान सहित पक्राउ परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
Related