पर्वतकी एक महिलाले शरीर जोडिएका दुई बच्चा जन्माइन्
"धौलागिरी अस्पतालमा शरीर जोडिएका बच्चाको जन्म "
तपाईको प्रतिक्रिया





प्रसूतीको लागि धौलागिरी अस्पताल पुगेकी पर्वतकी एक महिलाले शरीर जोडिएका दुई बच्चालाई जन्म दिएकी छन् ।
पर्वतको फलेवास नगरपालिका वडा नं.२ कुर्घाकी २८ वर्षिया महिलाले धौलागिरी अस्पतालमा मंगलबार बिहान शरीर जोडिएका बच्चालाई जन्म दिएकी हुन् ।
प्रसूती व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी ती महिलालाई पर्वत अस्पताल पठाईएको थियो ।
पर्वत अस्पताल कुश्माले समेत अवस्था गम्भिर रहेको भन्दै उनलाई धौलागिरी अस्पताल बागलुङमा पठाएको थियो ।
शल्यक्रियाका लागि चिकित्सकहरुका बिचमा छलफल चलिरहेकै बेला उनले बच्चाहरु जन्माएकी हुन् ।
शरीर जोडिएर जन्मिएका बच्चालाई बचाउन नसकिएको र आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।
Related