• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

  •    शुभेच्छा न्यूज  /३ मंसिर २०७७, बुधबार ०९:१२ ,  प्रकाशीत
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

    यदाकदा बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा कब्जियत सम्बन्धी समस्याले सताउने देखिन्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

    प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । नोकरीतर्फ हुनेहरूका लागि पदोन्नतिको समय छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परेपनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ । टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

    धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय जानेछ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

    घर जग्गामा विवाद र आमाको स्वास्थ्यमा समस्या आउने देखिन्छ । विशेष सतर्क रहनु होला । काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ । आर्थिक अभावले पनि सताउन सक्छ । आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

    आज समाजसेवा र परोपकारका कार्य गरिनेछ । व्यापार व्यवसायमा पनि सामान्य प्रगति हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ । रिसको कारणले हातमा आएका अवसर गुम्न सक्छन् । विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

    नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ । काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

    सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला । केही दण्ड जरिवानाको पनि सम्भावना छ । महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ, सचेत रहनुहोला । शत्रुबाधा, मुद्दा मामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

    अनावश्यक खर्च र ऋणभार बढ्ने देखिन्छ । नशा, जोर्नी वा घुडासम्बन्धी समस्याले सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ । परिस्थितिलाई पछ्याउन नसक्दा अलि पछि परिनेछ । घर खर्च बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

    नोकरीमा पदोन्नति, व्यापार व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला । मेहनत गर्दा राम्रै उपलब्धि हात लागी हुनेछ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । अरूको भरपर्दा काम बिग्रन सक्छ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

    दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ । सन्तानबाट प्रसन्नता मिल्नेछ । साथै, टाढाको यात्रा पनि होला । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । व्यापार व्यवसायमा लगानी बढाउन सकिनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

    धनधान्य लाभ, कृषि कर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । बाहिरी यात्रामा कष्ट हुने देखिन्छ । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ । रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

    निजी व्यवसाय र कृषिकर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ । विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ । अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ ।

    तपाईको प्रतिक्रिया

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.