• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा कोरोना संक्रमण भयावह बन्दै, एकै दिन ७ जनाको मृत्यु

"पोखरा महानगरका ६ जना र तनहुँका १ जना गरी पोखरामा उपचाररत ७ संक्रमितको मृत्यु  "
  •    शुभेच्छा न्यूज  /५ मंसिर २०७७, शुक्रबार १५:४४ ,  प्रकाशीत
  • पोखरा क्षेत्रमा कोरोना संक्रमण भयाबह बन्दै गएको छ ।

    महान चाड बडादशैं र तिहार सकिएसंगै पोखरामा दिनप्रतिदिन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या समेत बृद्धी भएको छ।

    गण्डकी प्रदेशमा शुक्रबार ७ जनाको मृत्यु भएको छ। यो संख्या एकै दिन पोखरामा मृत्यु हुने नयाँ रेकड हो ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार पोखराका विभिन्न अस्पतालहरुमा उपचारका क्रममा ७ जनाको मृत्यु भएको जनाएको छ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ६ जना र तनहुँका १ जना गरी पोखरामा उपचाररत ७ संक्रमित पुरुषको मृत्यु भएको हो ।

    कार्तिक २९ गते कोरोना संक्रमण पुष्टि भई गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत पोखरा–२७ का ७१ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ।

    यस्तै पोखरा–८ का ५४ वर्षीय पुरुषको शुक्रबार विहान मृत्यु भएको छ । उनी कार्तिक २३ गते भर्ना भएका थिए ।

    त्यसैगरी मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भई उपचाररत तनहुँ म्याग्दे गाउँपालिका ५१ वर्षीय पुरुषको शुक्रकार बिहान उपचारकै क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।

    त्यसै गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार भर्ना भइ उपचाररत पोखरा–९ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ।

    त्यसैगरी उपचाररत पोखरा २१ का ७५ वर्षीय पुरुषको समेत मृत्यु भएको छ।

    त्यसैगरी पोखरा–१७ का २९ वर्षीय पुरुषको शुक्रबार मध्यान्न मृत्यु भएको छ। उनी शुक्रबार बिहान अस्पताल भर्ना भएका थिए ।

    यस्तै पोखरा–१३ का ५५ वर्षीय पुरुषको समेत उपचरका क्रममा निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्रा.डा. अर्जुन आचार्यले जानकारी दिए।

    यो संगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.