पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गरिएको छ ।
महानगरपालिकाले सूचना जारी गरी महानगरमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले अत्यावश्यकबाहेकका सेवा मङ्सिर १२ गतेसम्म स्थगन गरिएको जनाएको छ ।
महानगरका एक तिहाइ कर्मचारीबाट सेवा प्रवाह गर्नुपर्ने भएकाले जरुरी र अत्यावश्यक काम नपरी महानगर तथा वडा कार्यालयमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको छ ।
महानगरका प्रवक्ता धनबहादुर नेपालीले उपप्रमुख मञ्जुदेवी गुरुङसहित प्रमुखको सचिवालय, प्रशासन, लेखालगायत शाखा कार्यालयका गरी २७-२८ कर्मचारीमा कोभिड–१९ सङ्क्रमण भएकाले सेवा प्रभावित भएकोले एक साता सेवा बन्द गरिएको बताए ।
महानगरको बिहीबार बसेको कार्यपालिका बैठकले शुक्रबार सार्वजनिक बिदा दिने र एक साता जरुरीबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

Related