गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले पोखराको विन्ध्यवासिनी मन्दिर खुल्ला गराउन सम्बन्धि निकायसंग छलफल गरी आवश्यक पहल गर्ने बताएका छन्।
स्थानिय व्यवसायीहरुले विन्ध्यवासिनी मन्दिरको उत्तर तर्फको ढोका खुल्ला गराउन सांसद बराललाई मन्दिर परिसरमै बोलाएर माग गरेकोले न्यायसंगत निर्णय गराउन आवश्यक पहल गर्ने सांसद बरालले बताएका हुन्।
संघिय सरकारले अब छिट्टै मठ मन्दिरहरु खुल्ला गराउनु पर्ने राय व्यक्त गर्दै सांसद बरालले कोरोनाको नाममा अब मठ मन्दिरहरु खुल्ला गर्न ढिलाई गर्न नहुने तर आवश्यक स्वास्थ्य मापदण्ड पुरा गर्नु पर्ने बताए ।
आफुहरुको माग विभिन्न ठाँउमा राख्दा समेत कतैबाट केही नलागे पश्चात सांसद बराल समक्ष मन्दिरको गेट खुलाउन आग्रह समेत गरिएको स्थानिय कृष्ण प्रसाद शर्माले बताए ।
समितिले पूर्व तर्फको ढोका खुल्ला गर्नाले उत्तर तर्फका व्यवसायीहरु निकै मारमा परेको उनीहरुको गुनासो छ ।
पूर्व तर्फको मात्र मन्दिरको ढोका खुल्ला गर्दा पुजा सामाग्रि र फल फुलबाटै जिवीको पार्जन गर्ने २० जना व्यवसयाीहरु प्रत्यक्ष रुपमा प्रभावित हुने भएको स्थानिय व्यवसायी शर्माले जनाए ।
अर्को एक व्यवसायी कृष्ण पराजुलीले मन्दिर जाने उक्तरतर्फको पुरानो बाटो भएको हुँदा उत्तर गेट बन्दा हुँदा आफुहरुका २० वटा व्यवसायीहरुको एक रुपैयाको समेत कारोवार नहुने गरेको गुनासो गरे ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले उत्तरतर्फका व्यवसायीहरुलाई भने फरक ढंगले हेर्ने गरेको पराजुलीले जनाए ।
धेरै लामो समय देखि बन्द भएको उक्त मन्दिर खुलाउने प्रयास स्वरुप हाल २÷४ जना भक्तहरुलाई मन्दिर प्रबेस गराइएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तिर्थ श्रेष्ठले बताए ।
लकडाउनको समयमा पनि मन्दिरको उत्तरतर्फका व्यवसायीहरुले राम्रो लाभ लिएकोले हालको अबस्थामा आफुहरुले अनौपचारिक रुपमा मात्र पूर्व तर्फको गेट खुल्ला गराएको उनले जनाए ।
भाकल गरेका र विवाहको सिजन पनि अब सुरु भएकोले अहिलेको अबस्थामा मन्दिर पूर्ण रुपमा बन्द गराउन नसकिने समितिले जनाएको छ ।
मन्दिर परिसरमा रहेका फलफुलका १८ वटा सटर व्यवसायी तथा स्थानिय केही व्यवसायीहरु मन्दिर बन्द हुँदा प्रत्यक्ष रुपमा प्रभावित भएका छन्।

Related