• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

क्युकोशिन करातेको साधारण सभा समपन्न

  •    शुभेच्छा न्यूज  /७ मंसिर २०७७, आईतवार १०:२० ,  प्रकाशीत
  • कास्की जिल्ला क्युकोशिन कान करातेको १० औ साधारण सभा सम्पन्न भएको छ ।

    संघको सभाले रिक्त रहेको पदमा पदपुर्ती समेत गरेको छ । संघका कोषध्यक्ष सुजन आचार्य तथा सदस्य सुनिल थापा र अर्जुन बरामलाई पदपुर्ती गरेको हो ।

    कोभिड–१९ महामारीको कारण ठप्प खेलकुद गतिविधि संचालन गर्दै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी प्रशिक्षणलाई तिव्रता दिने भएको छ ।

    संघको सभाले आगामी दिन खेलडीको हौसला वृद्धि गर्नका लागि पदक विजेता खेलाडीलाई निरन्तरता समेत दिने भएको छ ।

    संघको सभामा बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सम्पन्न श्रेष्ठले राज्यले खेल र खेलाडीलाई न्याय दिन नसकेको बताए । उनले खेलकुदको क्षेत्रमा भएको खराब कुराहरुलाई फाल्दै खेलाडीको हक हितको लागि काम गर्न आवस्यक रहेको बताए ।

    राष्ट्रिय स्तरमै सबैभन्दा बढि पदक ल्याउने खेल मार्सलआर्ट भएपनि राज्यले खेललाई ओझेलमा पारेको बताए ।

    संघलाई शुभकामना दिदैँ सदस्य श्रेष्ठले नवौमा समेत उत्कृष्ट नतिजा हासिल गर्न खेलाडी तयार गर्न आग्रह गरे ।

    सोहि क्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा प्रमुख डिवि नेपालीले खेलकुद संस्थाहरुले कोषाध्यक्ष र सचिवको प्रतिवेदन विरलै सार्वजानिक हुने गरेको बताए ।

    त्यसतै नेपाल क्युकोशिन कानका केन्द्रिय प्रशिक्षक राजेन्द्र सुवेदीले कोभिडको कारण प्रशिक्षणमा समस्या परेपनि पोखरा लगायत केहि सहरमा भने सुरक्षा विधि अपनाएर मुख्य खेलाडीलाइृ प्रशिक्षण दिइरहेको बताए ।

    कास्कीले अहिले सम्म देशभर उत्कृष्ट नतिजा ल्याउदैँ आएको बताए ।

    कार्यक्रममा जनप्रतिनिधी राधिका साहि, संघका पदाधिकारी दानबहादुर क्षेत्री, अध्यक्ष बेल बहादुर थापा लगायले आफ्नो भनाइ राखेका थिए ।

    कोषध्यक्षको प्रतिवेदन संघका उपाध्यक्ष सागरराज गिरी र सचिवको प्रतिवेदन सचिव सुरेशराज अधिकारीले प्रस्तुत गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.