नेत्रविक्रम चन्द्र (विप्लव) समूहका जिल्ला इन्चार्ज र सेक्रेटरीसहित ६ जना पक्राउ
तपाईको प्रतिक्रिया





प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) समूहका जिल्ला इन्चार्ज र सेक्रेटरीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गोप्य सूचनाका आधारमा दोर्दी गाउँपालिका–८ खिन्चोक पाँचस्वाराबाट उनीहरुलाई आइतबार राती पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा रोल्पाको गंगादेव गाउँपालिका–२ घर भएका लमजुङ जिल्ला इन्चार्ज ४२ वर्षीय जंगबहादुर भण्डारी, दोर्दी–७ घर भएका जिल्ला सेक्रेटरी ४६ वर्षीय बिलबहादुर गुरुङसहित ६ जनालाई पक्राउ परेका हुन् ।
त्यस्तै लमजुङको मध्यनेपाल नगरपालिका–४ का जिल्ला कमिटी सदस्य ६२ वर्षीय नारायणबहादुर कुँवर, राईनास नगरपालिका–६ का
जिल्ला सदस्य ३४ वर्षीय रविन्द्र नखोला, दोर्दी–७ का २२ वर्षीय दुर्गालाल तामाङ (कार्यकर्ता) र मध्यनेपाल–१० का २६ वर्षीय सुजन थापा (कार्यकर्ता) समेत पक्राउ परेका छन् ।
मध्यरातमा भेला भई अवाञ्छनिय गतिविधि गरेको सूचनाको आधारमा उनीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।
Related