पोखरामा प्याराग्लाईडिङ दुर्घटना १ जनाको मृत्यु , एक घाइते
"अवतरण गर्ने स्थान भन्दा करिव १ किमी माथि डाँडामा दुर्घटना "
तपाईको प्रतिक्रिया





पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
सराङ्कोटबाट उडेको फिस्टेल कम्पनीको प्याराग्लाईडिङ दुर्घटना हुँदा प्याराग्लाईडिङका पाईलट राजु गैरे नेपालीको मृत्यु भएको हो ।
दुर्घटनामा प्याराग्लाईडिङ पाइलट नेपाली संगै उडेकी काठमाडौं बुढानिलकण्ठकी २८ वर्षिया शिला श्रेष्ठ घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।
घाईते श्रेष्ठको अवस्थापनि गम्भीर रहेको छ । उनलाई पोखरास्थित मेटेसीटी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
फेवाताल कीनाराको खपौंदीमा अवतरण गर्नुपर्ने प्याराग्लाईडिङ अवतरण गर्ने स्थान भन्दा करिव १ किमी माथि डाँडामा नजिकै दुर्घटनामा परेको हो ।
Related