• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आन्तरिक द्धण्दसंगै तोडिदैछन कम्युनिष्टमा अनुशासनका फलामे सांङलाहरु

"सत्तरी वर्षे द्वन्द्व पीडीत आमा यमकला ज्ञवाली सोध्नु हुन्छ, प्रचण्ड र ओली किन झगडा गरेका "
  •     कृष्ण अन्जान ज्ञवाली  /९ मंसिर २०७७, मंगलवार २१:०० ,  प्रकाशीत
  • प्रबासको बसाइ छोट्याएर भारतको आसामबाट म २०३६ सालमा फर्केपछि गुल्मिस्थित थोर्गाको राष्ट्रिय निमाविमा कक्षा ५ मा भर्ना भएँ ।

    थोर्गा तेसै पनि बाम राजनीतिको उदगम स्थल । २०३६ सालको प्रजातान्त्रिक आन्दोलनलाई साथ दिन मेरो विध्यालयका हामी जस्ता चिचिरा बाल बालिका पनि आन्दोलित भयौं ।

    त्यतिबेला थोर्गाका रवि गौतम ,तानसेनको पढाइसंगै राजनीतिमा समाहित भइसकेका थिए। उनले हामीलाई सँगठित गर्ने र आन्दोलनका लागि उत्प्रेरित गर्ने काम गरेको सम्झना ताजै छ ।

    विध्यालयमा पिउने पानीको व्यवस्था गरिनु पर्ने भन्दै हामी पनि उग्र आन्दोलनमा उत्रियौँ र त्यति बेला हाम्रा अग्रज दाजुहरु शकर ज्ञवाली र बलराम ज्ञवालीले आन्दोलनको नेतृत्व गरेको सम्झिन्छु ।

    २०३६ सालको आन्दोलनले जनमत सँग्रहको घोषणा भयो । म पनि पाँचमा पढने चिचिरो निलो रँग अर्थात बहुदलको प्रचारमा जुटेँ ।

    एक दिन बहुदलको प्रचारमा गएर आउँदा साँझ पर्याे घरमा आमा म ढिलो भएपछि रिसले रन्थनिनु भएको थाहा पाएँ । घर जाने हिम्मत भएन । मेरो घर नजिकै स्यालपोखरीबाट घर तिर जान पाइला चलेनन् ।

    त्यति बेला आमा आएर यति सानो अझ राजनीती गर्ने भन्दै कुट्दै घर लानु भयो । आमाको कुटाइले झन मलाइ वामपन्थी राजनितीमा लाग्न प्रेरणा थप्यो ।

    गरिबीमा हुर्कि रहेको मेरो दिमागमा अखिल भन्ने छाप सँगै कम्युनिस्टहरुले सबैलाइ बराबर बनाउँछन भन्ने सिद्धान्त दरोसँग मनभित्र गढिरह्यो ।

    थोर्गाको राष्ट्रिय निमावि छाडेर रिडी माध्यमिक विध्यालयमा पुग्दा म कट्टर अखिल पाँचौको कार्यकर्ता भैसकेको थिए ।

    रिडी माध्यमिक विध्यालयमा कक्षा आठमा पढ्न थालेपछि नेपाली गुरु मेरा लागि राजनितीका पथप्रदर्शक बन्नु भयो ।

    कक्षाकोठामा रसियन लेखक मेक्सिम गोर्की लगाएत नेपाली बाम नेता मोदनाथ प्रश्रीत, संजय थापाको जनवादि साहित्य पढ्न सल्लाह दिएर तिलकराम आचार्य सर अभिप्रेरित गर्नु भयो । यद्यपि उहाँ नै मेरा राजनितीको पहिलो गुरु हुन पुग्नु भयो ।

    कक्षा नौमा पढदै गर्दा मैले मेक्सिम गोर्किको आमा, मोदनाथ प्रश्रीतको मानव महाकाव्य र देवासुर संग्राम संगै दर्जनौँ पुस्तक पढेर कम्युनिस्टको कार्यकर्ता भै सकेको थिए ।

    त्यसै बिचमा रिडी माध्यमिक विध्यालयमा पहिलो पटक एकजना दुब्लो पातलो मान्छेले भाषण गरेको सुने ।

    सबैले जीवन कमरेड भन्दै थिए ।जीवन कमरेडले मसिनो श्वरमा भन्दै हुनुहुन्थ्यो जब गरिबका टोपी च्यातिन्छन, धनिका महल ठाडिँदै जान्छन, हामी यस्तो व्यवस्था ल्याउन चाहन्छौँ कि, सबैले आत्मस्वाभिमानले जिउन सकुन्, गरिब र धनि बराबर बनुनन् ।

    ती कमरेडले त्यसो भनिरहँदा कम्युनिष्ट साँच्चै गरिबका मान्छे रैछन भन्ने लाग्यो ।पछि थाहा पाएँ ती जीवन कमरेड खड्ग प्रसाद ओली हुनुहुदो रैछ ।

    २०४२ सालमा प्रवेशिका परीक्षा दिएपछि केही समय भारतका आसाम राज्यको गुवाहाटिमा बसेँ ।

    मेरो बाबा त्यहि बस्ने र नेकपा माले निकट अभाप्रनेसँघमा आबद्ध भएकाले पनि म आसाममा रहेका नेपाली माझमा सँगठन विस्तारमा लागिरहेँ ।

    प्रवेशिका परिक्षाको रिजल्ट पछि पाल्पा क्याम्पस पढ्दा पनि राजनितीको रंग राम्रै सँग लाग्यो ।पाल्पामा घनस्याम भुषाल, बिष्णु पन्थि, शेषकान्त गौतम, जयदेव गौतम लगायतका कमरेडहरुको सँगतले पोख्त कम्युनिस्ट बनेँ ।

    त्यतिबेला सम्म म तत्कालीन नेकपा मालेको सदस्य बनिसकेको थिएँ र नेतृत्व पँक्तिमा थिएँ ।

    क्याम्पसबाट गाउँ फर्कने बित्तिकै २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा मेरो राम्रै भुमिका रह्यो ।२०४६ सालको आन्दोलन पछि केही समय गाउँमा अध्यापन गरे ।

    त्यतिबेला पनि जनसांस्कृतिक मन्च युवासँघ र पार्टीमा म कृयाशिल रहेँ ।

    २०५४ सालमा गाउँ छाडेर शहर तिर पलायन भएपछि पनि कर्मचारिका संघ सँगठनसँगै पत्रकारहरुका सँगठन सँग समाहित भै काम गरेँ ।

    समय बग्दै गयो तर, २०६० साल कार्तिक ९ गते जुन कम्युनिष्टहरुलाइ मैले मेरा आदर्श मान्थेँ, तिनै बामपंथीहरुले उठाएका बन्दुकले मेरो निर्दाेष बाबाको छाती छेँड्यो ।हामी मर्माहत भयौँ ।

    रोयौ चिच्चायौँ तर हाम्रो चित्कार कसैले सुनेनन् ।न कसैले फर्केर हेर्याे, न कोहि नेता अहिलेसम्म हामी र हाम्रो परिवार समक्ष आयो ।

    द्वन्द्वमा आफन्त गुमाउने राजनैतिक मान्छेहरुले टिकट पाए साँसद बने ।मन्त्री बने तर, हामीलाई कसैले सोधखोज गरेन ।न अवसर न सोधखोज तैपनि पार्टी मिसिएपछि मन मारेरै पनि हामी र हाम्रो परिवार अहिले सम्म कम्युनिस्ट छ ।

    सत्तरी वर्षे द्वन्द्व पीडीत आमा यमकला ज्ञवाली सोध्नु हुन्छ, प्रचण्ड र ओली किन झगडा गरेका छन् के पुगेनछ ।

    जाडो गर्मी नभनि भोट दिएकै छौँ, हामीलाई त हेरेनन। सबै पाएर पनि किन लड्छन ।तर, म सँग आमाको प्रश्नको उत्तर छैन किनकी म अझै त्यहि कम्युनिष्टको फलामे साँङलो जस्तै अनुशासनको परिकल्पना गर्छु ।

    तर, दिनदिनै सामाजिक सन्जालमा छताछुल्ल कम्युनिस्टहरुका गुटउपगुटका तोडिएका फलामे सांङलाहरुले मन पोल्छ र खुट्टा फतक्क गल्छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.