पोखरामा राजावादीहरुको जुलुस ; ‘राजा आऊ, देश बचाऊ’भन्दै घन्कीयो नारा सडकमा
"राष्ट्र र राष्ट्रियता जोगाउन देशमा राजसंस्था आवश्यक "
तपाईको प्रतिक्रिया





पोखरामा राजावादीहरुले जुलुस निकालेका छन्।
गणतन्त्रले देश नै बेच्न लागेको भन्दै हजारौं युवाहरु बुधबार पोखरामा ‘राजतन्त्र जिन्दावाद’ को नारा लगाउँदै सडकमा निस्किएका छन् ।
राष्ट्र र राष्ट्रियता जोगाउन देशमा राजसंस्था आवश्यक रहेको भन्दै युवाहरु सडकमा उत्रिएका हुन् ।पोखराको अमरसिंह चोकबाट सुरु भएको जुलुस चिप्लेढुंगामा आएर सभामा परिणत भएको थियो।
जुलुसमा हिँड्ने अधिकांशले पूर्वराजा ज्ञानेन्द्रको फोटो आफ्नो मोटरसाइकलमा टाँसेका थिए भने छातीमा राजा आऊ, देश बचाऊ लेख्नेहरु पनि कमी थिएन।
जुलुस राष्ट्रवादी पश्चिमाञ्चलबासीले आयोजना गरेको भए पनि शिवसेना नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले यसको व्यवस्थापन गरेका थिए।
जुलुसको अन्त्यमा शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले १४ वर्षपछि देशको लागि जनताहरु सडकमा आएको बताउँदै राजामाथि न्याय गर्न आग्रह गरे।
त्यसभन्दा अघि ‘कभर सङ’ गाएर चर्चा कमाएका पोखराका गायक प्रयत्न श्रेष्ठले मञ्चमा उक्लिएर ‘श्रीमान गम्भीर’ बोलको पहिलाको राष्ट्रियगानसहित ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ गीत गाएर सबैलाई आफूसँगै गाउन लगाएका थिए।
राजावादीहरुको यो र्याली पछिल्लो समय पोखरामा निकालिएको अरु राजनीतिक दलहरुको भन्दा ठुलो थियो ।
र्याली पृथ्वीचोक, मुस्ताङचोक, लेकसाइड, हलनचोक, सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुंगास्थित मानवअधिकारचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
र्याली कारण पोखराको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । जसले ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो ।
Related