आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पोखरामा एक पुरुष पक्राउ परेका छन् ।
डरधम्की देखाएर पटकपटक १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय पुरुषलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।
विगत ३÷४ वर्षदेखि बालीकालाई ललाईफकाई ,डर धम्की देखाएर वलात्कार गरेको भन्ने जाहेरीको आधारमा बालिकाका बुवालाई पक्राउ गरिएको जिल्लाप्रहरी कार्यलय कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए।
अनुसन्धानका क्रममा पक्राउ परेका पुरुषले विगत केही वर्षदेखि पटकपटक बलात्कार गर्दै आएको खुलेको छ।
पक्राउ परेका पुरुष विरुद्ध हाडनाता करणी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पीडित बालिकाको पहिचान गोप्य राख्नका लागि पीडकको नाम ठेगाना समेत सार्वजनिक गरेको छैन ।
पक्राउ परेका पुरुषबिरुद्ध हाडनाता करणी कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरि अनुसन्धान जारी राखिएको डिएसपी हमालले बताए ।

Related