• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीकोटमा स्वास्थ्य चौकी शिलान्यास

  •    शुभेच्छा न्यूज  /१३ मंसिर २०७७, शनिबार २२:०३ ,  प्रकाशीत
  • कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटमा स्वास्थ्य चौकी भवनको शिलान्यास भएको छ ।

    स्वास्थ्य क्षेत्रलाई प्रविधि तर्फ जोड्दा कार्यसम्पादनमा सहयोग पुग्ने भएकाले उक्त क्षेत्र रोजाईको केन्द्र बन्न कोशेढुङ्गा सावित हुने भन्दै शनिबार पोखरा महानगरपालिका प्रमुख मान बहादुर जिसीले भवनको शिलान्यास गर्नुभएको हो ।

    यसका निम्ति स्थानियबासी, वडा, सम्बन्धित निकाय हातेमालो गर्दै अगाडी बढ्नुपर्ने आजको आवश्यकता रहेको भन्दै करदाताबाटै सुविधा पु¥याउने भएकाले महानगर कुनै हालतमा कन्जुस्याई नगर्ने जिसीले बताउनुभयो ।

    कोभिड–१९ को यस बिषम परिस्थितिमा स्वयमं चनाखो हुनुपर्छ, उहाँले भन्नुभयो, ‘औषधी आउँला तर कहिले आउँछ यकिन छैन् । आइहालेपनि पहुँच भएकाले पाउँलान् तर नहुनेले के गर्ने? त्यसैले आफै सचेत हुनुपर्ने बेला आएको छ ।’

    शिलान्यास कार्यक्रममा बोल्दै वडा नं २४ का वडाध्यक्ष ओम प्रसाद सुवेदीले कास्कीकोट क्षेत्रमा स्वास्थ्य चौकीको निर्माणले १८ सय ६५ घरधुरी लाभान्वित हुने बताउनुभयो ।

    करिब १ करोड २८ लाखमा नेश्नल स्टेट् विल्डर कम्पनी लिसँग ढेक्का सम्झौता भएकोे उहाँले जानकारी दिनुभयो ।

    कास्कीकोट क्षेत्रमा प्रमुख समस्याको रुपमा रहेको खानेपानीका लागि ‘एक घर, एक धारा’को अवधारणा अघि सारी २ वटा बोरिङ संचालन गरेर १७ सय घरधुरीमा पानी बिस्तार गरेको भन्दै अब ३५ सय घरधुरीमा पानी पु¥याउने कामलाई अघि बढाईरहेको पनि उहाँले बताउनुभयो ।

    कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले स्वास्थ्य चौकी भवन निर्माणमा र निर्माण पश्चात् पनि स्थानियबासीहरुले रेखदेख गर्ने र सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने बताउनुभयो ।

    अहिलेको विश्वव्यापी समस्याको रुपमा रहेको कोरना भाईरस कोभिड–१९ मा सबै सजग रहन आग्रह गर्दै केही लक्षण देखिएमा स्वास्थ्य चौकी मार्फत स्वास्थ्य महाशाखामा सुचित गराउन समेत उहाँले सबैमा अनुरोध गर्नुभएको थियो ।

    सो कार्यक्रममा नेश्नल स्टेट् विल्डर कम्पनी लि.का प्रोप्राईटर एवं निर्माण व्यवसायी तिलक पोख्रेलले करिब छ महिना भित्रमा नै काम सम्पन्न गर्ने प्रबिद्धता व्यक्त गर्नुभएको छ ।

    भवन निर्माणमा सम्बन्धित निकाय, वडा एवं स्थानियबासीहरुको सहयोग अपेक्षा रहेको भन्दै निर्धारित समयमा नै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य कम्पनीले राखेको उहाँको भनाई थियो ।

    उक्त भवन निर्माणका लागि जग्गादाता एवं स्वास्थ्य चौकी समिति तथा व्यवस्थापन समिति सदस्य बाबुराम तिमिल्सिना र गुरुदक्त दवाडीले गरि ३ रोपनी जग्गा दान गर्नुभएको हो ।

    करिब १० बर्ष अगाडी नै स्वास्थ्य चौकी भवन निर्माणको लागि सो जग्गा हस्तान्तरण गरिएकोे थियो । तर केही प्राविधिक कारणले गर्दा भवन निर्माण हुन सकेको थिएन् ।

    सोही अवसरमा स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा दान गर्ने जग्गादाता बाबुराम तिमिल्सिना, गुरुदक्त दवाडीलाई महानगर प्रमुख जिसीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

    कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य एवं वडा सदस्य सन्तुदेवि सुवेदी, स्वास्थ्य माहाशाखाबाट अर्जुन केसी क्षेत्री, कास्कीकोट स्वास्थ्य चौकी ईन्चार्ज दिपेन्द्र रेग्मी, महानगर स्वास्थ्य स्वयंमसेविका, स्थानिय बासिन्दा लगायतको उपस्थिति रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.