• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सांसद भट्टराईद्वारा सडक र भवनमा प्राथमिकता दिदै ४ करोडका योजना छनौट

"निर्बाचन क्षेत्रमा विभिन्न ३० योजना छनोट गर्दै ४ कारोड रुपैयाँ विनियोजन "
  •    नरहरि पौड्याल  /१४ मंसिर २०७७, आईतवार २०:०९ ,  प्रकाशीत
  • प्रतिनिधिसभा कास्की निर्वाचन क्षेत्र नं २ का सांसद बिद्या भट्टराई अधिकारीले स्थानीय पुर्बाधार बिकास साझेदारी कार्यक्रममा सडक र भवन लगायत अन्य पुर्वाधार विकासलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेकी छन्।

    सांसद भट्टराइले आफ्नो निर्बाचन क्षेत्रमा विभिन्न ३० योजना छनोट गर्दै ४ कारोड रुपैयाँ विनियोजन गरेकी छन ।

    सांसद भट्टराईले सवै भन्दा बढी पोखरा महानगरपालिका पोखरा ६ र ७ जोड्ने मुलखोकमा बन्दै गरेको कल्बर्ट सहितको पुल सहित रिटेनिङ वाल निर्माणका लागि २५ लाख रपैयाँ विनियोजन गरेको बताइन् ।

    यसैगरी उनले पोखरा महानगर वडानं ११ को कालीका चोक व्यँसघारी सडक स्तरोन्नती र रामघाट परोपकार संस्था कृयापुत्री भवन जाने बाटो स्तरोन्नतीका लागि २५ लाख रुपैयाँ विनियोजन गरेकी छन्।

    त्यसैगरी उनले पोखरा वडानं ८ स्थित रहेको शिवालयमार्गको सडक ढलान गर्नका लागि २० लाख रुपैयाँ विनियोजना गरेकी छन् ।

    सांसद भट्टराईले रक्तसंचार केन्द्र पूर्वाधार निर्माणमा २० लाख र पोखरा महानगर ३३ मा निर्माण गरिने सामुदायिक भवन निर्माणका लागि २०।२० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिइन् ।

    उनले पोखरा वडानं ४ मा रहेको बुढानिलकण्ठ बहुउद्देश्य सामुदायिक भवन निर्माण र गणेश मन्दिर पछाडीको सडक स्तरोन्नतीका लाथि १०।१० लाख रुपैयाँ विनियोजन गरेको बताईन् ।

    त्यसैगरी पाखरा वडानं ९ मा महेन्द्र मावि, नव प्रभात माविको भौतिक संरचना निर्माण गर्न १० लाख रुपैयाँ र जलारी समाज भवन, शान्ती दर्शन बहुउद्देश्य भवन निर्माण गर्न १० लाख रुपैयाँ विनियोजन गरेकी छन् ।

    त्यसैगरी शान्तीबन स्थित स्मृति सभाहल,साहारा आधारभूत प्राविको भवन स्तरोन्नती र जिल्ला ट्राफिक कार्यालय पूर्वाधार निर्माणका लागि १०।१० लाख विनियोजन गरिएको छ।

    यस्तै पोखरा ११ मा तुलसीघाट कृयापुत्री भवनका लागि १० लाख, पोखरा १५ मा पर्ने फुलबारी मार्ग (शिव मन्दिरबाट जाने सडक) र अलकापुर मार्गको स्तरोन्नती गर्नका लागि १५।१५ लाख विनियोजन गरिएको छ।

    महानगरको वडानं १६ मा गायकटोल, सिमलखोरिया सडक ढलान तथा स्तरोन्नती, जेष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण, शान्तीटोल सुकाले सडक निर्माण र घट्टेकुना, ओखले, रञ्जित सडक स्तरोन्नतीका लागि १०।१० लाख विनियोजन गरेको सांसद भट्टराईले बताइन् ।

    त्यसैगरी पोखरा १७ को नमुनाटोल, भयरथान सामुदायिक भवन निर्माण र खरबारी सोतोको भलपानी निकास, जनकल्याण टोल भवन निर्माणका लागि १०।१० लाख विनियोजन गरिएको छ ।

    यसैगरी वडानं १७ मै आँखा हस्पिटलदेखी म्यूूजियम जाने घुम्ती काटी बाटो विस्तार गर्न र रामनगरटोल स्तरोन्नतीका लागि १५ लाख छुट्टाइएको छ।

    पोखरा २० मा हरिहर आमा समुह, शिव बहुउद्देश्य भवन निर्माण, देबीडाँडा मालिक मार्ग देउराली सडक र मौजा, लामडाँडा खेल मैदान, कुरगाउँ सांस्कृतिक स्थल संरक्षण गर्नका लागि १५।१५ लाख विनियोजन गरिएको छ।

    वडानं २० मै इम्दुपाखा, झुपे पोखरी, विजयपुर, डाँडागाउँ चण्डी सडक स्तरोन्नतीका लागि रु १० लाख रुपैयाँ विनियोजन गरिएको साँसद भट्टराइले जानकारी दिइन् ।

    यस्तै वडानं २१ मा सेल्टारी कृषि सडक तथा हप्राक, डुड्खु, डडेली, एकहाते रामदी खानेपानी पाइपलाइन विस्तार गर्न १५ लाख विनियोजन गरिएको छ।

    २१ कै फोक्सिङकोट संरक्षण, पुष्पलाल अध्ययन केन्द्र संरक्षण र बक्रेक सामुदायिक भवन, चुरेटागाउँ सडकका लागि १०।१० लाख विनियोजन गरिएको साँसद भट्टराइले बताइन्।

    उनले भण्डारीगाउँ हुँदै अधिकारी गाउँको सडक र धुर्सेनी खेल मैदानका लागि समेत रु १५ लाख विनियोजन भएको जानकारी दिइन् ।

    त्यसैगरी वडानं ३३ मा गैह्रागाउँ, जामुनाबोट सामुदायिक भवन निर्माण गर्न १५ लाख रुपैयाँ र हुडीकोट चवादीसहित बरपाण्डेथुम सिडी सडक निर्माणका लागि रु १० लाख विनियोजन गरेको सांसद भट्टराईले बताइन्।

    उनले संघिय सरकारबाट कास्की क्षेत्र नं. २ मा विनियोजित योजनाहरुको समेत जानकारी दिदै योजनामा जनसहभागिताले मात्र बिकास निर्माणले सार्थकता पाउने बताइन।

    सांसद भट्टराइले पारदर्शिता जवाफदेहिता र उत्तरदायित्वबोधले मात्र लोकतन्त्रको सारभूत मान्यतालाई टेवा पुग्ने बताइन् ।

    उनले यस मान्यतालाई परिपालना गर्दै सामाजिक न्याय र समतामूलक समाजको स्थापना गर्ने उद्देश्यका साथ निरन्तर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन ।

    कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष एबम गण्डकी प्रदेस सभा सदस्य कृष्ण थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.