• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गरिवी घटाउन सहकारी महत्वपूर्णःअध्यक्ष कुँवर

  •    शुभेच्छा न्यूज  /१४ मंसिर २०७७, आईतवार २०:४२ ,  प्रकाशीत
  • अन्नपूर्ण गाउँपालिका–१, नागडाँडा स्थित हाम्रो अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारणसभा सम्पन्न भयो।

    प्रमुख अतिथि गाउँपालिका अध्यक्ष युवराज कुँवरले सहकारीले ग्रामिण क्षेत्रमा व्याप्त गरिवीलाई घटाउन विशेष भुमिका खेल्ने उल्लेख गर्दै गाउँपालिकाले संचालन गरिरहेको खाना नफालौं अभियान बारेमा जानकारी दिए।

    विशेष अतिथी गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले सहकारी स्थापना देखि लिएर संचालनमा ल्याउदासम्मका अनुभवहरु प्रस्तुत गर्दै सहकारी सेवामुखी हुनुपर्नेमा जोड दिइन्।

    अन्नपूर्ण ३ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङले सहकारी मार्फत युवाहरु एकजुट भएको भन्दै खुशी व्यक्त गरे ।

    सो अवसरमा गाउँ कार्यपालिका सदस्य भगवती भण्डारी, शिखर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शुशिल भट्ट्चन, गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बलराम भुगाई,शेयर सदस्यको तर्फबाट डिलमाया सुनार लगायतले भनाई राखेका थिए।

    कार्यक्रमका बीच संस्थाका अध्यक्ष सुजन अधिकारी, सचिव ईश्वर पौडेल र कोषाध्यक्ष शुशिल भण्डारीद्वारा प्रस्तुत विभिन्न प्रतिवेदन सर्वसम्मत पारित भए।

    साधारणसभाले पुनः सुजन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय संचालक समिती सर्वसम्मत गठन गरेको छ ।जसमा केशव पौडेल उपाध्यक्ष, ईश्वर पौडेल सचिव, शुशिल भण्डारी कोषाध्यक्ष, बैकुण्ठ दाहाल सहसचिव, सुलोचना पौडेल सहकोषाध्यक्ष तथा सदस्यहरुमा डिलमाया सुनार, रामचन्द्र तिवारी, कविराज पौडेल, दुर्गादेवी बराल पौडेल र मनिषा कुँवर छन् ।

    त्यस्तै उद्धवराज सुवेदीको संयोजकत्वमा नबिन गुरुङ र एकनारायण पौडेल सदस्य रहेको लेखा समिति पनि चयन गरिएको छ।

    तदर्थ समितिका अध्यक्ष सुजन अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सदस्य मनिषा कुँवरले स्वागत तथा सचिव ईश्वर पौडेलले संचालन गरेका थिए ।

    संस्थामा हाल दुई सय १८ शेयर सदस्य छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.