• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘संघियतालाई संस्थागत गर्ने जिम्मेवारी स्थानीय तहको’

" अनियन्त्रित बसाईंसाइ काठमाडौ र पोखराको चुनौति  "
  •    शुभेच्छा न्यूज  /१५ मंसिर २०७७, सोमबार १५:०५ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएकाछन् ।

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीलाई सोमबार पोखरामा स्वागत गर्दै मेयर जिसीले स्थानीय निकाय र स्थानीय तह फरक भएकाले संघियतालाई संस्थागत गर्न स्थानीय सरकारको जिम्मेवारी बढी हुने बताएका हुन् ।

    व्यवस्था परिर्वतन भएपनि सोच परिर्वतन नहुँदा काम गर्दा चुनौतिहरु आउने गरेको बताउँदै संघीय व्यवस्थालाई लागू गराउन स्थानीय तहका जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

    ‘काठमाडौं र पोखराका आ—आफ्नै विशेषता छन्’, जिसीले भने,‘ काठमाडौं सांस्कृतिक सहर हो भने पोखरा प्राकृतिक रुपमा सुन्दर छ, एक अर्काबाट हामीले धेरै कुरा सिक्न र सिकाउन सक्छौं ।’

    अरु महानगर भन्दा काठमाडौं महानगरपालिका पाको र पुरानो महानगर भएकाले यसले स्थानीय तहमा अग्रणी भूमिका खेल्नुपर्ने जिसीको भनाइ छ ।

    काठमाडौं—पोखरा जोड्ने सडक चार लेनको हुनुपर्ने बताउँदै जिसीले दुबै सहरले पर्यटनलाई विशेष प्राथमिकता दिनुपर्ने र यसमा समन्वय गर्नुपर्ने बताए ।

    पोखराको भौगोलिक विशेषता अनुसार नै विकास र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको सो अवसरमा जिसीले बताए ।

    कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अनियन्त्रित बसाईंसाइ काठमाडौ र पोखराको चुनौति भएको बताए ।

    उनले स्थानीय तहबीचमा पनि समन्वय र अनुभव आदान प्रदान हुनुपर्ने बताए।

    काठमाडौं अहिलेको अवस्थाबाट पाठ सिकेर पोखराले बसोबासलाई व्यवस्थित गर्न एकीकृत बस्ती विकासमा जोड दिनुपर्ने उनले बताए ।

    उनले कोरोनाका कारण सिथिल बनेको पर्यटनलाई चलायमान बनाउनुपर्ने बताउँदै काठमाडौं र पोखराको यसमा समन्वय र सहकार्य हुनुपर्ने बताए ।

    कार्यक्रममा काठमाडौं महानगरका उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौ र पोखरासहित देशमै पर्यटनलाई चलायमान बनाउन प्रदेश र संघीय सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताइन् ।

    खड्गीले काठमाडौंले उदाहरणीय काम गरेर नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताइन् ।

    कार्यक्रममा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराले स्वागत र कार्यक्रमको सञ्चालन महानगरका प्रवक्ता धनबहादुर नेपालीले गरेका थिए ।

    कार्यक्रममा पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले काठमाडौं महानगरका प्रमुख शाक्य र उपप्रमुख खड्गीलाई मायाको चिनो प्रदान गरेका थिए /

    पोखराका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई मायाको चिनो प्रदान गरेका थिए ।

    शाक्यले पनि पोखरा महानगर प्रमुख जिसी र प्रमुख प्रशासकीय अधिकृत बराललाई मायाको चिनो प्रदान गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.