• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अन्नपूर्णका विद्यालयलाई नेलम्बोद्वारा सहयोग

  •    शुभेच्छा न्यूज  /१६ मंसिर २०७७, मंगलवार २१:२७ ,  प्रकाशीत
  • अन्नपूर्ण गाउँपालिकाका सामुदायिक विद्यालयहरुलाई पोखरा ४ स्थित नेलम्बो नेपालले स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ ।

    आइतवार गाउँपालिकामा भएको एक कार्यक्रमका बीच नेलम्बोले कुल ५१ विद्यालयलाई सामग्री प्रदान गरेको हो ।

    संस्थाका अध्यक्ष एकदेव देवकोटासहितको टोलीले ति सामग्री गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ लगायत विद्यालयका प्रतिनिधिहरुलाई हस्तान्तरण गरेको हो ।

    करिव रु.६ लाख वरावरका माक्र्स, सेनिटाइजर, ग्लोब्स्, थर्मल गन लगायतका सामग्री वितरण गरिएको नेलम्बोले जनाएको छ ।

    कार्यक्रममा भनाई राख्दै गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले कोरोना भाइरस विरुद्घको अभियानमा नेलम्बो नेपालले आफूहरुलाई ठुलो साथ दिएको जानकारी दिइन्।

    उनले स्वास्थ्य सामग्रीको सदुपयोग गर्न आग्रह गर्दै माक्र्स प्रयोग पछि यत्रतत्र नफाल्न सुझाव पनि दिइन्।

    नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइ रहेकोमा पछिल्लो समय स्वास्थ्य अन्र्तगत कोभिड विरुद्घका सामग्रीहरु प्रदान गर्दै गाउँगाउँ पुगेको स्पष्ट पारे ।

    प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले नेलम्बो नेपालले विभिन्न चरणमा सहयोग गर्दै आएकोमा आभार प्रकट गर्दै संकटका वेला सहयोग गर्नु ठुलो धर्म हुने औँल्याए ।

    कार्यक्रमका बीच शिक्षा अधिकृत बलराम भुगाई, धारापानी माविका प्रधानाध्यापक महेन्द्रबहादुर कुँवर, संस्थाका जनसम्पर्क सुपरभाइजर भीमप्रसाद भण्डारी, स्वास्थ्य प्रवर्धन संयोजक निर्मला देवकोटा, खोज अधिकृत समिका बस्नेत लगायतले धारणा राखेका थिए ।

    संस्थाले जिल्लाभर गरी हालसम्म करिव ६५ हजार जनतालाई पुग्ने गरी रु. ६२ लाख मूल्यका स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ।

    त्यसका साथै संस्थाले सामग्री प्रयोग गर्ने तरिकाका बारेमा पनि स्थानीय जनतालाई सिकाउँदै आएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.