नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा पुल उद्घाटन गरेका छन् ।
बिहीबार एक कार्यक्रमबीच नेता पौडेले तनहुँको व्यास नगरपालिकामा पर्ने बुल्दी खोला पुलको उद्घाटन गरेका हुन् ।
बुधबार यही पुल उद्घाटन गर्न जाँदा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
पुल निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पर्ने भन्दै उद्घाटन गर्न जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई करिब तीन घण्टा प्रहरीले नियन्त्रणमा राखे बुधबार बेलुका छोडेको थियो ।
पुल उद्घाटस्थलमा सयौँको संख्यामा कांग्रेस कार्यकर्ता उपस्थित भएर प्रधानमन्त्री केपी शर्मा ओली र तनहुँ प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
पौडेललाई नियन्त्रणमा लिएको घटनालाई लिएर कांग्रेसका नेता कार्यकर्ताले देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेका छन् ।
पुल उद्घाटन कार्यक्रम पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल, ध्रुव वाग्ले गण्डकी प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता कृण्ण नेपालीलगायत नेताको उपस्थित रहेको थियो ।
सो पुल २०७३ सालमा निर्माण सुरु भएर ०७५ सालमा निर्माण सकिएको थिए ।

Related