• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकीका आर्थिक मामिलिा मन्त्री गुरुङ भन्छन् पुल उद्घाटन गर्नु हास्यास्पद् र लज्जास्पद

"तनहुँका सिङ्गो काँग्रेस र यसका नेता तथा कार्यकर्तामा पलाएको हिनग्रन्थीले उत्पन्न बहुलठ्ठीपूर्ण क्रियाकलाप "
  •    शुभेच्छा न्यूज  /१९ मंसिर २०७७, शुक्रबार ११:२० ,  प्रकाशीत
  • गण्डकी प्रदेशका आर्थिक मामिलिा तथा योजना मन्त्री किरण गुरुङले तनहुँ जिल्लामा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले अनधिकृत रुपमा पुल उद्घाटन गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    उनले बिहिवार एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस पार्टीको दबबल सहित कथित उपभोक्ता समितिको आयोजनामा अनाधिकृतरुपमा दुईवटा पुल उद्घाटन गर्नु हास्यास्पद् र लज्जास्पद कुरा भएको बताएका छन् ।

    उनले विज्ञप्तिमा भनेका छन् । “यसलाई राजनीतिक प्रतिष्ठा बनाउनु भनेको तनहुँका सिङ्गो नेपाली काँग्रेस र यसका नेता तथा कार्यकर्तामा पलाएको हिनग्रन्थीले उत्पन्न बहुलठ्ठीपूर्ण क्रियाकलाप बाहेक अरु केही होइन ।”

    उनले आगामी दिनमा यस्ता काम कहीँकतैबाट पनि नहोस् भन्ने कुरामा सम्बन्धित सबै निकाय र सरोकारवालाहरुको ध्यानाकर्षण पनि गराएका छन् ।

    तनहुँ जिल्लाको सुँडेस्थित सेती नदीमा बनेको मोटरेबल पुल र तनहुँ जिल्लाकै व्यास नगरपालिका १, १० र ११ जोड्ने बुल्दीखोलाको मोटरेबल पुल उद्घाटनको बिषयलाई लिएर नेकपा र नेपाली काँग्रेसबीच विवाद भएको थियो ।

    सो विवाद झडपमा परिणत हुन लागेपछि उक्त क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो ।

    निषेधाज्ञाको उलङ्घन गरेको भन्दै प्रशासनले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.