• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भविस्य खोज्दै विदेशिएकी छोरीको सुन्दर सपनामा लुटपुटीदै एउटा बाबु

  •     कृष्ण अन्जान ज्ञवाली  /२० मंसिर २०७७, शनिबार १९:३३ ,  प्रकाशीत
  • माघ महिनाको एउटा साँझ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थमा पुग्दा धेरै बा आमाहरु छोरा छोरीको बिदाइका लागि जम्मा भएका थिए ।

    विमानस्थलको प्रतिक्षालयको एउटा कुनामा उभिएर त्यहाँको दृष्य हेर्दा लाग्थ्यो सिँगो नेपालनै विदेशिदै छ ।

    राता पँहेला फुलका माला र खादा लगाएका बाबू नानीहरु बा आमाहरु सँग बिदाइ हुँदै थिए ।छोराछोरी विदेश निर्यात गर्न पाउँदा बा आमा मुस्कुराउँदै थिए ।

    उनिहरुले सायद यो विर्सेका थिए छोराछोरी अब विदेशमा बेचिएका छन र उनिहरुको नियन्त्रण भन्दा बाहिर छन ।
    म पनि छोरी असिमलाइ अष्ट्रेलियाका लागि बिदाइ गर्न तिनै बाबू आमाको लाइनमा छु ।

    छोरी असिम हाम्रो भविष्यको सपना ।उनी अष्ट्रेलिया जाने भनेपछि म आफुलाइ सम्हाल्न सकेको थिइन । कतिरात म निदाउन सकेको थिइन अझै छोरीलाइ बिदाइ गर्न काठमाण्डौँ पुगेपछि त म रातभरी भक्कानिइ रहेँ । तर मैले छोरीका अगाडी आँशु देखाइन ।

    सानै उमेरमा छोरीलाइ विदेश तिर पठाउनु पर्दा म र श्रीमती कमला आँशुको आहालमा डुबेका थियौँ ।

    राति नौ बजे छोरी विमानस्थल भित्र हात हल्लाउँदै जाँदै गर्दा म करिव करिव अर्ध चेतन भएको थिएँ ।कमला त रोएर बेहाल थिइन। तर, पनि हामी विवस थियौँ हाम्रो भविष्यको सपनालाइ बिदाइ गर्न ।

    करिव तीन वर्ष पुग्न थालेछ ।अझै पनि म सम्हालिन सकेको छैन ।यो दशैँमा टीका लाउने बेलामा छोरीको फोन आउँदा म बोल्न सकिन। छोरी असिमले बाबा हेप्पि दशैँ भन्दै थिइन् ।

    तर, म छोरी सँग बोल्न नसकेर हेल्लो हेल्लो मात्र भन्दै थिएँ ।भक्कानो छुटिरहेको थियो ।बोल्न सक्ने अबस्थामा म थिइन ।

    म एउटा प्रतिनिधि पात्र मात्र हुँ ।तर, कति बा आमाहरु म जस्तै अक्षता भिजाएर विदेशिएका छोरा छोरीका शुभकामना आँसु पिएर सुन्दै थिए होलान ।

    २०५६ सालको मँसिर २१ गते कमलालाइ गण्डकी अस्पतालको प्रसुति कक्षमा लगेपछि म दिनभरि छट्पटाएको थिएँ ।

    कतिबेला भित्र हेर्थे कतिबेला बाहिर बरण्डामा ओहोर दोहोर गर्थेँ ।साँझ करिव ६ बजे नर्स बैनिले मेरो काखमा बच्वा दिँदै बधाइ छ कृष्ण सर छोरीको बाबा हुनु भयो भन्दा बधाई छ मलाइ भनेको थिएँ ।धन्न मैले त्यसो भन्दा कसैले सुनेनछ ।

    एकपटक छोरी र कमलालाइ हेरेँ साह्रै माया लागेको थियो । संयोग त्यो रात गण्डकी अस्पतालमा सबै आमाहरुले छोरी

    जन्माएका थिए ।

    अहिले पनि सम्झना आउँछ छोरी असिम डेढ वर्ष लाग्दा पनि हिँड्न सकिनन ।एउटा विहान असिमलाइ उभ्याएर ताते ताते नानी भनेपछि पहिलो पटकमै दगुरेर मेरो काखमा आएकि थिइन ।

    सानी तर विलक्षण प्रतिभा भएकी छोरी असिमलाई विद्यालय पठाएपछि कहिल्यै हामिले पढ भनेर भन्नै परेन ।पढाइ सँगै अतिरिक्त कृयाकलापमा अव्वल रहने छोरी असिमले ल्यएका दर्जनौँ मेडल र प्रमाण पत्रहरुले घर भरिएका छन ।

    स्कुल र कलेजका दिनहरुमा पनि उनको अव्वलता कायमै थियो तर प्लस टु सके पछि खै कसरी उनको दिमागमा विदेशको पारो चढ्यो, हामिले बुझेनौँ ।

    जीवनमा केहि गर्न नसकेको बाबुको अवस्था ममि को पिडा भाइको भविष्य प्रति सधै चिन्तित छोरी असिमलाइ यिनै कारणले विदेशिन मन लाग्यो होला भन्ने मैले सहजै अनुमान लगाएको छु ।

    यो वर्ष पनि मंसिर २१ आएको छ ।छोरी असिम आजैबाट २२ वसन्तमा प्रवेश गर्दै छिन ।उनले अष्ट्रेलियामा जन्मदिन मनाउँदै गर्दा म आफ्नो पुर्खौली थलो गुल्मीको थोर्गा गाउँमा मेरी सत्तरी वर्षकि आमा र छोरी असिमकी हजुरआमा को सेवा गर्दैछु ।

    छोरी असिम अष्ट्रेलिया गए पछि म पनि पोखरा छाडेर गुल्मी फर्केको छु ।कमला मैले जस्तै आफ्नी बृद्ध आमाको सेवा गरेर पोखरा वस्छिन। छोरो आसिष पनि पोखरामै छ ।

    धेरैले सोध्छन् किन तपाईं गुल्मी तिर, कमला पोखरामा बस्नु हुन्छ भनेर । कसैकसैले त खासखुस गर्दै हाम्रो सम्बन्ध तोडिएको अनुमान समेत गर्छन ।

    तर म पनि जिम्मेवार छोरो बन्नु पर्छ । अझै कमला जिम्मेवार आमा पनि हुन्, छोरि पनि हुन र जिम्मेवार मेरी जीवन संगिनी पनि हुन ।छोराछोरीको लालन पालन आमाको सेवा सबै उनकै जिम्मेवारी मा छ ।

    मंसिर २१ गते दुई कुराले मेरो जीवनमा महत्व राख्छ ।एउटा यसै दिन सबै बन्धनहरुलाइ तोड्दै कमला कार्कीबाट कमला ज्ञवालीमा परिणत भएको दिन । अर्काे तर्फ छोरी असिमको जन्मदिन पनि ।

    छोरी तिमी बिदेशिनुको अर्थ उतै वस्नु होइन । तिमी जस्तै धेरै छोरा छोरीहरु विदेशिएका छन ।तर, मातृभूमिले तिमीहरु सबैको प्रतीक्षा गरिरहेको छ ।

    यो जन्म दिनमा देशलाइ नविर्स छोरी यहि शुभकामना

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.