• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्की क्षेत्रनं. १मा सडक, कृषि र पर्यटनलाई प्राथमिकता दिदै ८ करोडका योजना छनौट

"संघिय सांसद अधिकारीले ४ करोड र प्रदेश सांसद कोइराला र गुरुङले २।२ करोडका योजना छनौट  "
  •    शुभेच्छा न्यूज  /२१ मंसिर २०७७, आईतवार १७:५२ ,  प्रकाशीत
  • कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले स्थानिय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत कृषि र पर्यटन केन्द्रीत योजनालाई प्राथमिकता दिएर ३० वटा योजना छनौट गरेका छन् ।

    सांसद खगराज अधिकारीले आर्थिक बर्ष २०७७÷७८ को स्थानिय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न ३० योजना छनोट गर्दै ४ कारोड रुपैयाँ विनियोजन गरेका छन ।

    सांसद अधिकारील सवै भन्दा बढी पोखरा महानगरपालिका २६ को रामज्योति सक्नेरी सडक र वडानं.३२ को खहरेखोला ठुलोपाटन सडकका लागि १५।१५ लाख रुपैयाँ विनियोजन गरेको बताए ।

    त्यसैगरी पोखरा १० को नेपाल मगर संघ,वडानं १३ को गाईपानी सडक र पोखरा १४ को साधना मार्गमा निर्माणाधिन सडकका लागि १०।१० लाख रुपैयाँ विनियोगन गरेको उनले बताए ।

    त्यसैगरी पोखरा २६ को भवानीचोक टाकुला सडक,वडानं २७ को छत्रेढुङ्गा बाटो ढलान,कयारे सम्पर्क समाज तथा गालपाटन समाज,

    पोखरा २८ को बुढाखोकी डाँडागाउ सडक,वडानं. २९ को भण्डारढिक पन्नेरी सडक, चिता र शौचालय निर्माण, पोखरा ३० को

    गुमाज सहिचोक सडक,वडानं. ३१ को बेगनाश कोट र पोखरा ३२ को सानोघारी चौचारदेखि ठुलोघारी चौतारा सम्मको बाटो निर्माणका लागि १०।१० लाख रुपैयाँ विनियोजन गरिएको सांसद अधिकारीले बताए।

    पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका अधिकारीले निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रम योजना अन्तर्गत कृषि र पर्यटन केन्द्रीत योजना छनौट गरिएको बताए ।

    विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस कोभिड १९ का कारण सरकारले नै निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको कार्यविधी परिवर्तन गरेर उत्पादन केन्द्रीत गर्न भनेकाले सोहि अनुसार योजना छनौट गरिएको उनले बताए ।

    अधिकारीले निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट प्राप्त ४ करोड मध्ये कास्की १ मा पर्ने पोखरा महानगरपालिकाका विभिन्न वडाका लागि १ करोड ५५ लाख विनियोजन गरेका छन्।

    कास्की १ मा पोखरा महानगरका १०, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाहरु गरि १० वटा वडा पर्दछन् । जसमा १५ वटा योजना छनौट भएका छन्

    त्यस्तै मादी गाउँपालिकाका लागि १ करोड २५ लाख र रुपा गाउँपालिकाका लागि १ करोड २० लाख विनियोजन गरेका छन् ।
    मादी गाउँपालिकामा ९ वटा र रुपा गाउँपालिकामा ६ वटा योजना अधिकारीले छनौट गरेका छन् ।

    त्यसैगरी कास्की निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेश सांसद दिपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २५ योजना छनौट गरेका छन् ।

    सांसद कोईरालाले पुर्वाधार बिकास साझेदारी कार्यक्रमबाट प्राप्ता २ कारोड रुपैयाँ अन्तर्रगत कृषि उपज संकलन तथा विक्री केन्द्र, डेरी तथा कृषि उपज संकलन केन्द्रदेखि निर्माणदेखि सडक, पुल, सामुदायिक भवन, सहीद पार्कलगायतका योजनालाई बजेट विनियोजन गरेका छन् ।

    त्यसैगरी कास्की क्षेत्रनं. १ १ (ख) का प्रदेश सभा सदस्य मनबहादुर गुरुङले पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २५ योजना छनौट गरेका छन् ।

    सांसद गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्राप्त हुने २ करोड बजेटका लागि ती योजनाहरु छनौट गरेका हुन् ।
    गुरुङले सडक, खानेपानी, खेलकुद मैदानदेखि सडक, भवन निर्माणलगायतलाई बजेट विनियोजन गरेका छन् ।

    आइतबार सार्वजनिक गरिएका कास्की क्षेत्र नं १ अन्तर्गत संघिय र प्रदेश सांसदहरुले कुल ८ करोडका योजना छनौट गरेका छन् ।

    जस अन्तर्गत संघिय सांसद खगराज अधिकारीले ४ करोड र प्रदेश सांसद दिपक कोइराला र मनबहादुर गुरुङले २।२ करोडका योजना छनौट गरेका हुन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.