लोकसेवा आयोगको साइड ह्याक गरेको आरोपमा पोखराका २ सहित तीन जनालाई साइबर ब्यूरोले पक्राउ गरेको छ ।
लोकसेवा आयोगको वेब साइड ह्याक गरेर फेक सूचना सम्प्रेषण गरेपछि ब्यूरोले साइबर हमला गर्ने ललितपुर महालक्ष्मी नगरपालिका–
९ बस्ने २५ बर्षीय विवेक महर्जन, पोखरा महानरपालिका छोरेपाटन बस्ने १७ बर्षीया किशोर र पोखरा घारीपाटन बस्ने अर्का १५ बर्षीया किशोरलाई पक्राउ गरेको साइबर ब्यूरोका प्रमुख वरिष्ट प्रहरी उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले बताए ।
लोकसेवा आयोग र गृहमन्त्रालयको उजुरी र विषेश पहलमा ‘ह्याकर हन्ट’ नाम दिएर सरकारी वेबसाइट ह्याक गर्ने उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
अन्य ह्याकरहरुको पनि खोजी भइरहेको व्यूरोले जनाएको छ ।

Related