रिडीखोला तथा कालिगण्डकी नदी नियन्त्रण आयोजनाको शिलान्यास
कृष्ण अन्जान ज्ञवाली /२३ मंसिर २०७७, मंगलवार १९:०१ , प्रकाशीत
नेकपाका नेता एवं लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले राजनैतिक दलाहरुमा हरेक कुराको विरोध मात्र गर्ने प्रवृत्ति हावि रहेको बताएका छन् ।
उनले गलत राजनितीक संस्कारको शिकार भएको अबस्थामा मुलुक नबन्ने बताउँदै संविधान जारी भएपछि आर्थिक बृदिदर ४ प्रतिशतबाट बृद्धी भएर ६ प्रतिशतमा पुग्नुलाई लिन सकिने बताएका हुन् ।
मँगलबार पाल्पा गुल्मी र स्याङजाको पवित्र संगम रुरुधांममा लुम्बिनी प्रदेशको गौेरवको रुपमा निर्माण हुन लागेको रिडीखोला तथा कालिगण्डकी नदी नियन्त्रण आयोजनाको शिलान्यास समरोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले सो कुरा बताएको हुन् ।
उनले रुरुक्षेत्रको विकास कालिगण्डकी परियोजना निर्माण गर्ने बेलामा हुनु पर्ने बताउदै प्रदेश सरकारले रुरुक्षेत्रको धार्मीक पर्यटनलाई अगाडि बढाउन कुनै कसर बाँकि नराख्ने बताए।
लुम्बिनी प्रदेशका ऊधोग पर्यटन बन तथा बाताबरण मन्त्री लिला गिरीले रुरुक्षेत्रको पर्यटन विकास हुँदा पहाडीक्षेत्रको समग्र पर्यटनको विकास हुने बताए।
तिनचरणमा सम्पन्न गरिने रुरुको बृहतर विकासमा तीन अरब लागत अनुमान गरिएको मन्त्री गिरीले बताए।
संघिय साँसद सोमप्रसाद पाण्डेले पाल्पाको गाइघाट देखि गुल्मीको रुद्रवेणि सम्म ७९ वटा सँरचना निर्माण हुने गरि शुरु गरिएको रुरुक्षेत्रको बृहतर विकास योजनाले यस क्षेत्रको धार्मीक पर्यटनमा ठुलो महत्त्व राख्ने बताए।
प्रदेश सभा साँसद कमलराज श्रेष्ठ,तानसेन नगरपालिकाका प्रमुख अशोक शाही, रुरुक्षेत्र गाउँपालीकाका अध्यक्ष निलकण्ठ गौतम भु तथा जलाधार व्यवस्थापन समितीका वरिष्ठ अधिकृत आनन्दराम घिमीरे, उधोग पर्यटन बन तथा वातावरण मन्त्रलयका सचिव डाक्टर राजेन्द्र केसी, नेपाली काँग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठ लगायतले आ आफ्ना धारणा राखेका थिए ।
परियारजनाको पहिलो चरणमा प्रदेश सरकार र सँघको आधाआधा बजेट गरि कुल ३४ करोड २० लाख ६० हजार छ सय उनान चालिस रुपैयाँको लागतमा रिडी तथा कालिगण्डकी नदिमा कुल २ हजार ८ सय बीस मिटर लामो र सात मिटर अग्लो आरसिसि रिटर्निँङ वालको निर्माण गरिने छ ।
साथै ऋषिकेश मन्दिर तर्फ कालिगण्डकी र रिडीखोला मा २ सय ८८ मिटरलामो पारपेटसहित ६सय ६६ थान ग्यावियन बक्स भरेर एप्रोन बनाइने छ ।
२०७७ साल जेठ ११ मा ठेक्का स्वीकृत भएको उक्त आयोजनाको अवधि २०७९ मँशिर १० सम्म रहेकाले यो अवधि भित्र गुणस्तरीय निर्माण गर्दै परियोजना सम्पन्न गर्ने ठेकेदार कम्पनी शर्मा एण्ड सगुनका संचालक सहदेव खड्काले प्रतिवद्दता व्यक्त गरे ।

Related