• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्यटनलाई चलायमान बनाउन धार्मिक पर्यटन पुनःउत्थान

  •    शुभेच्छा न्यूज  /२३ मंसिर २०७७, मंगलवार १०:५१ ,  प्रकाशीत
  • पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ नेपाल पर्यटक यातायात व्यवयासी सङ्घ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको सहकार्यमा तीन दिने धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण सुरु गरिएको छ ।

    नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङको नेतृत्वको टोलीमा गण्डकी प्रदेशका भ्रमण वर्ष

    २०१९–०२२ संयोजक जुद्ध गुरुङ, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्षत्रय डम्बरबहादुर केसी, सोम थापा र चिरञ्जीवि पोखरेल लगायत पर्यटन सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि र सञ्चारकर्मी छन् ।

    पर्यटन सम्बद्ध व्यवसायीका साथै सरोकारवाला सहितको टोलीले पाल्पाको तानसेन, नवलपुर क्षेत्रका रामग्राम, त्रिवेणीधाम, वाल्मिकी आश्रम, शास्वत धाम, मौला कालिका, तनहुँको देवघाट लगायतका स्थानको भ्रमण गर्ने संघका अध्यक्ष बोबरजंग गुरुङले जानकारी दिए ।

    भ्रमणका क्रममा लामो समयदेखिको कोरोना कहरले धार्मिक पर्यटकीय क्षेत्रमा पारेको प्रभाव, आगामी दिनमा धार्मिक पर्यटनका गतिविधि चलायमान कसरी चलायमान बनाउने लगायतका विषयमा सरोकारवालाबीच छलफल गरिने उनले बताए ।

    टोलीलाई पोखराको तालबाराही किनाराबाट विदाई गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुरानै लयमा फर्काउनु अहिलेको आवश्यकता भएको बताए ।

    कोरोना प्रभावित पर्यटनलाई आगामी दिनमा कसरी चलायमान बनाउने भन्ने तर्फ सरकार लागेको उनकोे भनाइ छ ।

    नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोना कहरका बाबजुद स्वास्थ्य सुरक्षा मापदण्डलाई अपनाउँदै पर्यटन क्षेत्र चलायमान बनाउनुपर्नेमा जोड दिए ।

    बोर्डले पर्यटन सम्बद्ध संघ संस्थासँगको सहकार्यमा नयाँ गन्तव्यको खोजी गर्ने उनले बताए ।

    भ्रमण टोलीलाई स्याङ्जामा स्वागत गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्रीले विभिन्न पर्यटकीय गन्तव्यहरू प्रवद्र्धनको पर्खाइमा रहेको बताइन् ।

    गण्डकी प्रदेशमा भ्रमण वर्ष २०१९–२२ का संयोजक जुद्ध गुरुङले कोरोनाका कारण गण्डकी प्रदेशमा दैनिक १३ करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको बताउँदै पर्यटन सम्बद्ध सबै क्षेत्रको सहकार्यमा पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नुपर्ने आवश्यकता औंल्याए ।

    भ्रमण टोलीलाई सोमबार साँझ नवलपुरमा स्वागत गर्दै नवलपुर होटेल व्यवसायी सङ्घका उपाध्यक्ष प्रकाश कुँवरले आँफूहरू पोखरासँगको पर्यटनमा व्यवसायिक साझेदारीका लागि इच्छुक रहेको बताए ।

    नवलपुर गण्डकी प्रदेशमा रहेर पनि नवलपुरबाट भिमाद जोडिने सडक खण्ड निर्माण कार्य प्रभावकारी रुपमा नबढ्दा आँफूहरू समस्यामा परिरहेको उनको भनाइ छ ।

    भ्रमणका क्रममा विभिन्न धार्मिक पर्यटकीय स्थलको अवलोकनका साथै सम्बन्धित क्षेत्रमा पर्यटन व्यवसायी एवम् सरोकारवालासँग छलफल गरिने कार्यक्रम सङ्घका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक बाबुराम पाण्डेले जानकारी दिनुभयो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.