नेपाल पर्यटन यातायात व्यवसायी संघको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित धार्मिक पर्यटन पुनः उत्थान परिचयात्मक भ्रमण पर्यटनमा साझेदारी बढाउन उपलब्धिमुलक हुने देखिएको छ ।
मङ्सिर २२ गतेदेखि सुरु भई जारी तीन दिने भ्रमणका क्रममा मङ्गलबार नवलपुरका गजेन्द्रमोक्षधाम, नन्दपुर लगायतका स्थानमा आयोजित अन्तरक्रिया एवम् भ्रमणका क्रममा वक्ताहरूले पर्यटनमा साझेदारी बढाउँदै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
गण्डकी प्रदेशका भ्रमण वर्ष २०१९–२२ का संयोजक जुद्धबहादुर गुरुङले गण्डकी प्रदेश सरकारले नवलपुर समेतलाई समेट्दै यहाँको पर्यटकीय विकासलाई प्राथमिकतामा राखेको बताए ।
प्रदेशमा दुई छिमेकी राष्ट्र भारत र चीनलाई जोड्ने गरी त्रिवेणी – कोरला सडकलाई प्राथमिकताका साथ अघि बढाइएको गुरुङले जानकारी दिए । त्रिवेणी क्षेत्रलाई पर्यटकको प्रवेश विन्दुका रुपमा विकास गर्दै अघि बढीने उनले बताए ।
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङले पर्यटनमा साझेदारी बढाउने लक्ष्यका साथ धार्मिक पर्यटन पुनः उत्थान परिचयात्मक भ्रमण राखिएको बताए ।
नवलपुर क्षेत्रलाई सिधा पोखरासँग सडक सञ्जालले जोड्नु अपरिहार्य भएको बताउँदै उनले चितवन राष्ट्रिय निकुञ्जका कारण मध्यवर्तीका नाममा देखिएको समस्यालाई चाँडो समाधान गर्नुपर्नेमा जोड दिए ।
पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्षहरू डम्बरबहादुर केसी, सोमबहादुर थापा र चिरञ्जिवी पोखरेलले यस क्षेत्रका धार्मिक पर्यटकीय गन्तव्यको मौलिकता कायम गर्दै पर्यटन बजारमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।
नवलपुरलाई प्रदेशको राजधानी पोखरासँग सहज रुपमा जोड्नका लागि चितवन राष्ट्रिय निकुञ्जका कारण मध्यवर्तीका नाममा परेको समस्यालाई दीर्घकालिन समाधान गर्नुपर्नेमा जोड दिदै उनीहरूले सडक सञ्जाल सहज भएसँगै पर्यटकीय साझेदारीमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे ।
त्रिवेणी विनय नगरपालिका वडा नं ६ का वडा अध्यक्ष प्रितम गुरुङ, गजेन्द्रमोक्षाश्रम धामका कृष्ण प्रपन्नाचार्य, होटेल व्यवसायी
सङ्घ नवलपुरका अध्यक्ष सन्तोष राना मगर, नवलपुर होटेल व्यवसायी सङ्घका उपाध्यक्ष प्रकाश कुँवर, नन्दपुर मिलिजुली होमस्टेका
अध्यक्ष ताराप्रसाद चौधरी लगायतले त्रिवेणी धामदेखि मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय स्थललाई समेट्दै विकास गर्न सकेमा राम्रो उपलब्धि हासिल हुने धारणा राखे ।
त्रिवेणीबाट पोखरा आवागमन सहज बनाउन सडक सञ्जाल जाँडै जोडिनुपर्ने उल्लेख गर्दै उनीहरूले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्तीका कारण देखिएको समस्यालाई राज्यस्तरबाट चाँडै समाधान खोजिनुपर्ने बताए ।

Related