• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मंसिर २६ गते शुक्रबार निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् राशिफल

  •    शुभेच्छा न्यूज  /२५ मंसिर २०७७, बिहीबार २०:५४ ,  प्रकाशीत
  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । तयारि बिनानै महत्वपूर्ण काम शुरु गर्दा बिग्रन सक्छ ध्यान दिनुहोला । खराब संगत तथा गलत सल्लाहले हुन लागेको काम पनि अरुकै हातमा जानेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    भाइबहिनी र छोराछोरीका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । उन्नती, प्रगति र शैक्षिक क्षेत्रमा ध्यान जानेछ । भौतिक स्रोत साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    सामाजिक काममा समय बित्ने भएपनि तपाईँको डाहा गर्नेहरुले जनतामाझ अनावस्यक भ्रम तथा गलत म्यासेज लाने हुनाले आलोचनाको शिकार होईनेछ । माया प्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    दाजुभाई तथा छिमेकिसँग अनाबस्यक बिवाद हुन सक्छ, ध्यान दिनुहोला । पढाइ लेखाइमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । स्वास्थ्यमा कमजोरि देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ, ख्याल गर्नुहोला ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ भने घरपरिवार र सन्तति पक्षको सहयोग मिल्नेछ । सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुन सक्छ । दैनिक उपभोग्य बस्तुको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    सामाजिक काम समयमा सम्पन्न गर्न नसकिने हुँदा ईज्जत प्रतिष्ठामा कमि हुनेछ । आफन्त तथा साथिभाईहरु रुपैया पैसाको कारोबार आजको दिन नगर्नुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा आम्दानिमा कमी हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । माया प्रेममा धोका हुन सक्क सजग रहनु होला । मान सम्मान तथा इज्जत प्रतिष्ठा जोगाउन मुस्किल पर्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धीत व्यापार व्यावसाय भने फस्टाएर जानेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    आर्थिक रूपमा सबल हुने तथा आर्थिक कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगती हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पछाडी कुरा काट्ने तथा शत्रु आफैं पराजित हुनेछन् ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    राम्रा काम गर्दागर्दै बिपक्षहरुले अनावस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् । कार्य क्षेत्रमा काम बिग्रने तथा आलोचनाको शिकार हुनुपर्दा मान सम्मानमा आघात पुग्नेछ । व्यापारमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिकी प्रभावित हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । अरूको काममा समय व्यातित भएपनि फाइदा आफैंलाई हुनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    पहिलेका गरेका काम पुनह गर्नुपर्दा अलमल बढ्न सक्छ ध्यान दिनुहोला । एउटै कामका लागि धेरै समय दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्दा मन खिन्न हुनेछ । समयले बिभिन्न चुनौति निम्त्याउन सक्छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । आफन्तबाट सुनिने सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने योग रहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.