पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु
"प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८१ "
तपाईको प्रतिक्रिया





पोखरामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पोखरा १० का ७५ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार विहान मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिए।
उनमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनमा उच्च रक्तचार र मधुमेह लगायतका अन्य दीर्घरोग समेत रहेको निर्देशक डा. शर्माले बताए ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८१ पुगेको छ ।
Related