३८ तोला सुनका विभिन्न गरगहना चोरी गरेर काभ्रेबाट फरार रहेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ की माइली तामाङको घरबाट गहना चोरेर फरार भएका उनीहरुलाई काठमाडौंमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पाँचै जनालाई प्रहरीले काठमाडौंस्थित ड्रागन डिस्कोमा फेला पारेको हो।
पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ का २७ वर्षका देवराज दाहाल, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११
का २४ वर्षका रामचन्द्र चालिसे, काभ्रेको धुलिखेल नगरपालिका–१ का २३ वर्षका राम तामाङ, १८ वर्षका हुइबहादुर तामाङ र १८ वर्षका राजन तामाङ रहेका छन्। गहना र पैसा हराएपछि माइली तामाङले प्रहरीमा जानकारी गराएकी थिइन्।

Related