• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लेखनाथ सामुदायीक सेवा केन्द्रमा सर्वसम्मत नयाँ नेतृत्व

  •    शुभेच्छा न्यूज  /२८ मंसिर २०७७, आईतवार १८:२१ ,  प्रकाशीत
  • लेखनाथ सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवाको सातौ अधिवेशनले त्रिलोचन लामिछानेको अध्यक्षतमा १३ सदस्यीय नयाँ नेतृत्वको चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद ढुंगाना, सचिवमा कृष्ण प्रसाद अधिकारी, सहसचिवमा कमल बस्ताकोटी र कोषाध्यक्षमा गंगा खनाललाई सर्वसम्मत चयन गरेको हो ।

    यसैगरी समितिको सदस्यमा सुरजजंग राणा, विनोद बहादुर थापा, शिबबहादुर रानाभाट, बुद्धिसागर पौडेल, बुद्धिमाया थापा मगर,

    राजु अधिकारी, दिपकनाथ भण्डारी र गणेश प्रसाद ढुंगाना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक राममणि अधिकारीले जानकारी दिए ।

    कोभिड १९ का विच सुरक्षा सतर्कता अपनाउँदै शुक्रबार र शनिवार केन्द्रको चौधौं बार्षिक साधारण सभा तथा सातौ अधिवेशन सम्पन्न भएको हो ।

    नेतृत्वको लागि विगतमा निकै रस्साकस्सी हुँदै निर्वाचन हुने सेवा केन्द्रमा यसपटक भने सर्वसम्मत नेतृत्व चयन भएको हो ।

    नयाँ नेतृत्व सर्बसम्मत गराउन निर्वतमान अध्यक्ष रमेश ओझाको संयोजकत्वमा एक सहजीकरणका समिति बनेको थियो ।

    सहमति र सहकार्यका साथ नयाँ नेतृत्व चयन भएमात्र केन्द्रको उद्देश्य प्राप्ती हुने भएकाले सर्वसम्मतका लागि प्रयास गरिएको निवर्तमान अध्यक्ष ओझाले बताए ।

    निर्वाचननै भएको भए आउनै पर्ने साथी छुट्न सक्ने हुन सक्थ्यो, त्यसले संस्थाको उद्देश्य प्राप्तीमा सहजता हुँदैनथ्यो ।

    ओझाले भने—“ अनुभवी साथीहरु सहित आएको सर्वसम्मत नेतृत्वले अझ प्रभावकारी काम गर्ने सवैले विश्वास लिएका छौं, यसले संस्थालाई थप गतिशिलता दिनेछ ।”

    प्रहरीसँगको समन्वयमा विकृति र विसंगतीको अन्त्य गर्दै, समुन्नत समाज निर्माण गर्ने लक्ष्य लिएको संस्थामा झण्डै पाँचसय सदस्य रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.