• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरले मनलाग्दो गरी पार्किंङ शुल्क उठाउन थालेको भन्दै विरोध

"जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको ढाड सेक्ने गरी सवारीको प्रतिघण्टा २० रुपैयाँ देखि तीस रुपैयाँ सम्मको शुल्क "
  •    शुभेच्छा न्यूज  /२९ मंसिर २०७७, सोमबार २२:०० ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले ठेकेदारलाई मनलाग्दो गरी पार्किङ शुल्क उठाउन स्विकृती दिएको भन्दै पोखरामा विरोध सुरु भएको छ।

    स्थानीय चुनावमा घोषणा पत्रमा पोखरालाई स्मार्टसिटी बनाउने भन्दै चर्का भाषण गरेका प्रमुख जिसीले सडकमा पार्किङ शुल्क उठाउन

    नपाउने कानुनलाई लत्ताउदै मनलाग्दो हिसाबले घण्टा हिसाबमा चर्को पार्किङमा शुल्क उठाउन पाउनेगरी ठेकेदार कम्पनीलाई स्किृति दिएपछि उनको चर्को आलोचना भएको छ।

    जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको ढाड सेक्ने गरी चारपाङग्रे सवारीको प्रतिघण्टा २० रुपैयाँ देखि तीस रुपैयाँ सम्मको शुल्क असुल्न पाउने गरी स्विकृति दिएपछि पोखरेली उनी प्रति आक्रोसित भएका हुन् ।

    स्थानीयले आफ्नो पसल अगाडी विहान ७ बजेबाट बेलुका ७ बजे सम्म ब्यवसाय बन्द नहुदा सम्म १२ घण्टाको दैनिक २ सय ४० रुपैयाँ पार्किङवापत तिर्न नसकिने भन्दै महानगरको यस निर्णय विरुद्ध सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् ।

    यसैगरी महानगरले पार्किङका सम्बन्धमा बालहट प्रदर्शन गरेको भन्दै जागौं नेपाल राष्ट्रिय अभियान कास्कीले सोमबार पोखरा महानगरपालिका अगाडि विरोध प्रर्दशन गर्दै महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

    अभियानले पार्किङ शुल्क व्यवस्थापनको ठेक्का प्रक्रियामा असन्तुष्टि जनाएको छ ।

    शुल्क बुझाउने ग्राहकको सवारीको सुरक्षा, शुल्कको मुल्य, शुल्क उठाइने स्थान लगायतका विषयमा ठेक्का प्रकृयामा कुनै सम्बोधन नभएको लगायतका विषयहरूमा अभियानले ध्यानाकर्षण भएको जनाएको छ ।

    अभियानले पार्किङ शुल्क मनोमानी ढंगले उठाइएको एवम् अव्यवहारिक रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

    अभियानले तत्कालै अव्यवहारिक ठेक्का प्रक्रियालाई खारेज गर्न माग समेत गरेको छ ।

    प्रर्दशन तथा कास्की जिल्लाका संयोजक नारायण हरि तिवारीले व्यवस्थित पार्किङको अभाव हुँदा मनोमानी ढंगबाट ठेक्का प्रक्रिया सुरु गरेर शुल्क उठाउन नमिल्ने बताएका छन् ।

    उनले नागरिकले पार्किङको शुल्क बुझाइसकेपछि उनीहरुले पाउने सुविधाको ग्यारेन्टी दिन जरुरी रहेको बताए ।

    अभियानको ज्ञापनपत्र बुझ्दै महानगर प्रमुख मानबहादुर जिसीले यस विसयमा महानगरको ध्यानाकर्षण भएको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.