• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

संवैधानिक परिषदको बैठकमा सभामुख सापकोटा अनुपस्थित, पुगेन गणपुरक संख्या

  •    शुभेच्छा न्यूज  /३० मंसिर २०७७, मंगलवार १०:४० ,  प्रकाशीत
  • नेकपा विवादको असर संवैधानिक परिषदमा देखिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संवैधानिक परिषद बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएका छन् ।

    परिषदका अध्यक्ष ओलीले मंगलबार बिहानका लागि बोलाएको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि गणपुरक संख्या नपुग्दा बैठकले औपचारिकता पाउन सकेन ।

    पर्याप्त गृहकार्य र छलफल नभएको तथा तयारी नपुगेको भन्दै सभामुख सापकोटाले हिजै फोनमार्फत आफू बैठकमा आउन असमर्थ रहेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।

    पार्टीमा छलफल नगरि एकलौटी संवैधानिक अंगहरुमा प्रधानमन्त्री ओलीले नियुक्ति सिफारिस गर्न लागेको भन्दै अर्का अध्यक्ष प्रचण्ड असन्तुष्ट छन् ।

    प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता तथा उपसभामुख रहने व्यवस्था छ ।

    अध्यक्ष र चारजना सदस्य उपस्थित भए मात्रै गणपुरक संख्या पुग्छ । उपसभामुख नरहेको र सभामुख नगएपछि गणपुरक संख्या पुग्न नसकेको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.