• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीबाट राष्ट्रिय त्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट

  •    शुभेच्छा न्यूज  /३० मंसिर २०७७, मंगलवार ११:४० ,  प्रकाशीत
  • कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय त्रिकेट प्रतियोगिताका लागि कास्की जिल्लाबाट पुरुष खेलाडी छनोट गरेको छ ।

    गत मङ्सिर २३ देखि २९ सम्म पोखरा रङ्गशालामा आयोजना गरिएको क्लबस्तरीय छनोट प्रतियोगिताबाट दुई वैकल्पिकसहित १६ खेलाडी छनोट गरिएको क्रिकेट सङ्घका जिल्ला अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

    छनोट भएका खेलाडीमा विपीन खत्री (कप्तान), दिपेश खत्री, अभिषेक थापा, साहिल कार्की, अरुण अधिकारी, सुदीप पौडेल, अर्जुन कुमाल, कृष्ण पौडेल, अमृत गुरुङ, विश्व कार्की, रमेश बस्नेत (विकेट किपर), सुवास भण्डारी, नितेश गिरी र देव साह हुनुहुन्छ ।

    यसैगरी वैकल्पिक खेलाडीमा विकास क्षेत्री र तेजेन्द्र घर्तीमगर तथा टोली प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापक चन्द्रकुमार गुरुङ हुनुहुन्छ ।

    सङ्घका अध्यक्ष सिग्देलका अनुसार छनोट भएका खेलाडी आगामी पुस ३ देखि शुरु हुने प्रादेशिक छनोट प्रतियोगिताका लागि पुस १ गतेदेखि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।

    प्रदेश छनोटमा कास्कीसहित नवलपुर, तनहुँ र स्याङजाको टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

    चार जिल्लाका खेलाडीबीचको प्रतिस्पर्धाबाट गण्डकी प्रदेशस्तरीय टोली छनोट गरी पुस ११ देखि सञ्चालन हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेशको टोलीले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.