• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा पिपल चौतारीमा बहुउद्धेश्य भवन निर्माण हुने

"गणतन्त्रमा संचालन भएको अबस्थामा सडकमा केही समुहले राजा आउ देश बचाउ भन्नुको तुक  "
  •    शुभेच्छा न्यूज  /१ पुष २०७७, बुधबार २०:२९ ,  प्रकाशीत
  • गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले राजा आउ देश बचाउ भन्नुको कुनै तुक नभएको बताएका छन्।

    पोखरा १९ को चुरुङगा स्थित पिपल चौतारीमा बुधबार बहुउद्धेश्य भवनको शिलन्यास गर्दै देश संघिय लोकतान्त्रिक गणतन्त्रमा संचालन भएको अबस्थामा सडकमा केही समुहले राजा आउ देश बचाउ भन्नुको कुनै तुक नभएको बताएका हुन्।

    विज्ञान जहिले पनि अघि बढ्ने भएको अभिव्यक्ति दिदै उनले राजसंस्थालाई एक ढंगले बिधाई गरेको अबस्थामा सडकमा केही समुहले नारा लगाउनुको कुनै तुक नभएको दाबी गरेका हुन् ।

    विधि र कानून ठुलो कुरा भएको बताउदै सांसद बरालले अब नेकपाले मुल्याङकन गरी अघि बढ्नु पर्ने समय आएको बताए ।

    निर्वाचनका वेला जनता सामु दिएको बचन पुरा गर्न तर्फ जनप्रतिनिधिहरु केन्द्रित हुनु पर्ने उनले बताए ।

    उक्त सामुदायिक भवन निर्माणको लागि आवश्यक सहयोग गर्ने सांसद बरालले जनाए ।

    नेकपा पोखरा १९ का अध्यक्ष बिष्णु गौतमले धेरै समुदायको रितिरिवाज संचालन गर्ने थलोको रुपमा निर्माण हुन लागेको उक्त भवन सम्पन्न गर्न सवैको साथ र सहयोग आवश्यक भएको बताए ।

    पोखरा महानगर १९ का वडा सदस्य कोमल बाँस्तोलाले उक्त भवन समयमै सम्पन्न गर्न वडा कार्यालयले आवश्यक सहयोग गर्ने वचन दिए ।

    नेपाली काग्रेंसका क्षेत्रिय सचिव खिमलाल बाँस्तोलाले समाजको समृद्धिको लागि उक्त भवन कोसेढुंगा सावित हुने हुँदा उक्त भवन निर्माणमा आवश्यक सहयोग गर्ने बताए ।

    उक्त बहुउद्धेश्य भवन निर्माण समितिका अध्यक्ष बिष्णु बाँस्तोला, उपाध्यक्ष दीवाकर बाँस्तोला लगायतले वोलेका थिए ।

    उक्त भवन १० लाखको लागतमा निर्माण हुन लागेको समितिका सचिव तारा कुमारी पौडेलले बताइन्।

    उनका अनुसार भवन निर्माणको लागि लाली गुरास आमा समुह, स्थानिय धर्म जागरण भजन समुह र समितिका अध्यक्ष बाँस्तोलाबाट जनही ५०÷५० हजार सहयोग प्राप्त भएको छ । अन्य सहयोग जुटाउदै जाने समितिले जनाएको छ ।

    यसैबिच, उक्त भवन निर्माण भएसंगै क्रिया कर्म देखि समाजका अन्य विभिन्न कार्यक्रम संचालन गर्न सहज हुने नव सृजनशिल युवा क्लवका अध्यक्ष राजकुमार गहतराजले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.