• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

३१ लाखको प्रतिबन्धित औषधीसहित ८ जना पक्राउ

  •    शुभेच्छा न्यूज  /१ पुष २०७७, बुधबार १५:३९ ,  प्रकाशीत
  • जिल्ला प्रहरी कार्यालय चितवनले औषधीसहित तस्करलाई पक्राउ गरेको छ ।

    मंगलबार इलाका प्रहरी कार्यालय माडीको कमाण्डमा खटिएको प्रहरी टोलीले औषधीसहित ८ जना तस्करलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    मंगलबार बिहान ८ः४० बजेको समयमा इलाका प्रहरी कार्यालय माडी चितवनबाट प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा

    खटिएको प्रहरी टोलीले माडी नगरपालिका वडा नम्बर ९ सोमेश्वरमा ठोरीबाट माडीतर्फ आउँदै गरेको ना ४ ख ४४२५ नम्बरको गाडीबाट उक्त औषधीसहित तस्कर पक्राउ गरेको हो ।

    प्रहरीले गाडीमा सवार राजकुमार महतोले गाडीको पछाडी डिक्कीमा बोरामा राखी ल्याएको अवस्थामा विभिन्न किसिमका औषधीहरू फेला पारेका हुन् ।

    उक्त औषधीको अनुसन्धानको क्रममा माडी ३ बस्ने बालकृष्ण महतो र मिलन महतोको घरमा लुकाइ राखेको अवस्थामा बिभिन्न किसिमका थप औषधीहरु पनि प्रहरीले फेला पारेको हो ।

    यसरी बरामद गरेको औषधीको मूल्य ३१ लाख ५ हजार ६ सय ३३ रुपैयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    प्रहरीले औषधीसहित चितवनको कालिका नगरपालिका–४ का २८ वर्षीय राजकुमार महतो, माडी नगरपालिका–३ बघौडाका २२ वर्षीय बालकृष्ण महतो, माडी नगरपालिका–३ बघौडाका २२ वर्षीय मिलन महतो, कालिका नगरपालिका–३ का ३१ वर्षीय हरिशरण चौधरी,

    मकवानपुरका गढी गाउँपालिका–८ का २५ वर्षीय सुरज गौतम, गढी गाउँपालिका–३ का २३ वर्षीय प्रकाश दाहाल, हेटौंडा उपमहानगरपालिका–५ का २५ वर्षीय उज्वल पोख्रेल र हेटौंडा उपमहानगरपालिका–२३ का २३ वर्षीय बिपिन सापकोटालाई पक्राउ गरेको छ ।

    उक्त औषधीको बिषयमा अनुसन्धान तथा कारबाहीको लागि औषधी व्यवस्था विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । उक्त औषधिहरु नेपालमा प्रतिबन्धित र सर्बसाधारणलाई ठगी गर्ने गरी बिक्रीवितरण गर्नको लागी ल्याइएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.