• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा पुष तेस्रो साता २२ औं पोखरा सडक महोत्सव हुने

"होटल संघले कोठामा ५० प्रतिशत छुट दिने  "
  •    शुभेच्छा न्यूज  /१ पुष २०७७, बुधबार २०:५१ ,  प्रकाशीत
  • कोभिड १९ का कारण संकटमा परेको पर्यटन ब्यवसायलाई चलायमान बनाउन अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा पुष १५ देखि‘सडक महोत्सव’हुने भएको छ ।

    रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा पुस १५ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा २२ औं पोखरा सडक महोत्सव सञ्चालन हुनेछ।

    महोत्सवमा कोभिड १९ को संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइने आयोजकले बताएका छन् ।

    पोखरामा बुधबार पत्रकार सम्मेलनमा गरेर कोभिड–१९ का कारण बन्द रहेका होटल, रेष्टुरेन्ट लगायत सम्बद्ध क्षेत्रलाई गतिशील बनाउन स्वास्थ्य मापदण्ड अपनाउँदै ३ दिनका लागि महोत्सव गर्न लागेको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए ।

    ‘स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउनुको विकल्प छैन’ अध्यक्ष बराल भने।‘महोत्सवको आयोजनाबाट पोखरा र यस आसपासको पर्यटन व्यवसाय खुला गर्न योगदान हुने छ।’

    विगतका वर्षहरुमा महोत्सव ५ दिनसम्म आयोजना गरिदै आएको भएपनि यस वर्ष विभिन्न पक्षसँगको सल्लाह र सुझब अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै छोटो समय तय भएको उनको भनाइछ।

    विगत ९ महिनादेखि पर्यटनसम्बन्धी कुनै पनि गतिविधि नभएको, कतिपय व्यवसायीहरु विस्थापित समेत भैरहेको अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी ‘पोखरा खुला छ’ भन्ने सन्देश दिन स्थानीय प्रशासनको स्वीकृतिमा महोत्सव गर्न लागिएको महोत्सव संयोजक बसन्त गौतमले जानकारी दिए ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी बहादुर भट्टराईले एक हप्ताभित्र पोखराका प्रमूख पर्यटकीय क्षेत्रहरु खुल्ने जानकारी दिए। विहिबारबाट पोखराको फेवातालमा रहेको प्रसिद्ध तालवाराही मन्दिर खुल्ने र अन्य मन्दिर, गुफा,भ्यू टावर लगायतका पर्यटकीय स्थालहरु समेत क्रमशः खुलाउन सरोकारवालाहरु सकारात्मक भएको उनले बताए ।

    विगतमा २१ बर्षदेखि निरन्तर पुस १३ देखि १७ सम्म ५ दिनका लागि सञ्चालन गरिदै आएको महोत्सव यसपालि छोट्याएर ३ दिनमात्र गर्न लागिएको हो ।

    महोत्सव विगतमा झैं सहिदचोकदेखि हल्लनचोक सम्मको करिब ३ किमी क्षेत्रफलमा हुनेछ ।

    यस वर्षको महोत्सवमा कोमागाने पार्कमा कुनै पनि कार्यक्रम आयोजना नगरिने र दिउसो ३ बजेदेखि राती १० बजेसम्म सडकमा यातायातका साधन नचलाइ सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ ।

    त्यसैगरी लाइभ ब्याण्डको कार्यक्रम यस वर्ष हुने छैन । विभिन्न खेलकूदका कार्यक्रमलाई भने निरन्तरता दिने आयोजकले जानकारी दिएको छ।

    अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले हुने सडकमा हुने महोत्सवमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका भेषभूषसहित सांस्कृतिक कार्यक्रम हुनेछन्।

    महोत्सव सफल पार्न गौतमको संयोजकत्वमा गठित समितिमा सचिव भीष्मराज पौडेल र सहकोषाध्यक्ष रोशनजंग कार्की सहसंयोजक चुनिएका छन् ।

    यसैबीच, पश्चिमाञ्चल होटल संघले कोठामा ५० प्रतिशत छुट दिने घोषणा महोत्सव अवधिसम्म पनि कायम राख्ने जानकारी दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.