• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मोदीवेनीमा लास जलाउने दाउराको मुल्य घट्यो, मन्दीर क्षेत्रको बिकृति अन्त्यको लागि पहल हुँदै

  •    शुभेच्छा न्यूज  /२ पुष २०७७, बिहीबार २१:३० ,  प्रकाशीत
  • modi

    बागलुङ र पर्वतको सिमावर्ती क्षेत्रमा पर्ने मोदीवेनीमा सिण्डीकेट लगाई लास जलाउने दाउराको नाममा लुट मच्चाएको बिषयमा

    व्यापक गुनासो बढेपछि स्थानीय स्थानीय प्रशासन, कुश्मा नगरपालीका र सरोकारवालाहरुको पहलमा केही सुधारका निर्णयहरु भएका छन् ।

    मोदीबेनी क्षेत्रको संरक्षण र व्यवस्थापनको लागि क्रियाशिल नृसिंह मन्दीर संरक्षण समितिको पौष २ गते बसेको बैठकले जिल्ला प्रशासनमा भएको सहमती अनुसार प्रति केजी दाउराको मुल्य १५ रुपैंयाँ कायम गरेको समितिका उपाध्यक्ष खुमराज पराजुलीले बताउनुभयो ।

    पराजुलीका अनुसार दाउरा बिक्रि गर्दा राम्ररी सुकेको र लास पोल्न योग्य दाउरा हुनुपर्ने र अनिवार्य रुपमा जोखेर बेच्नुपर्ने छ ।
    एउटा कुनै लास पोल्न २५० देखी ३५० केजी सम्म दाउरा लाग्ने अनुमान गरिन्छ ।

    जस अनुसार ३,७५०। देखी ५,२५०। सम्म लाग्ने गर्दछ । तर कुश्मा तर्फको घाटमा जलाउँदा प्रति लास दोव्वर मुल्य अर्थात ८ हजारको दरले असुल्दै आएका थिए ।

    स्थानीयहरुले भने मुडिकुवा साईडमा जलाउँदा लिनेगरेको प्रति लास ३५ सय देखी ४ हजार लाई नै कायम गर्नुपर्ने माग गर्दै आएका छन् ।

    मोदीवेनीको पारि बागलुङ तर्फको घाटमा भने प्रति लास ३ हजार देखी ३ हजार ५ सय सम्म लिने गरेको बताइएको छ ।

    यस अघि जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले मोदीवेनी छेउमा दाउरा र खाजा बेच्ने होटलहरुले पसल

    दर्ता गरी पान नं. अनिवार्य लिनुपर्ने र बिक्रि गरिने दाउरा र अन्य सामानको बिल अनिवार्य दिनुपर्ने, मन्दीर क्षेत्रमा मदिराजन्य बस्तुको

    बिक्रि निषेध गर्नुपर्ने, मृतकको अत्यत्येष्ठिमा गएकाहरुलाई सिण्डीकेट लगाउन नपाईने जस्ता कुराहरु तत्काल कार्यान्वय गर्न समितिलाई निर्देशन गरेको थियो ।

    त्यसैगरी घाटमा जलाउने र गाड्ने लासको व्यवस्थापनको लागि समितिले ठाउँ तोक्ने व्यवस्था गर्ने र दैनीक रुपमा मोदीवेनी क्षेत्रको सरसफाई गर्न समेत निर्देशन दिएको थियो ।

    उपाध्यक्ष पराजुलीले उक्त क्षेत्रमा अझै सस्तोमा दाउरा उपलब्ध गराउन समिति लागि परेको बताउनुभएको छ ।

    सोको लागि नयाँ बिक्रेताको समेत खोजी गरि मोदवेनीमा राखेर दाउरा बिक्रि गर्न लगाउन सकिने समितिले जनाएको छ ।

    लास जलाउने दाउराको नाममा सिण्डीकेट लगाई चर्को लुट मच्चाए पछि अहिले कतिपय क्षेत्रवाट लास सँगै दाउरा लैजाने क्रम बढेको छ ।

    मोदी गाउँपालीका ७ राम्जाका अध्यक्ष बसन्त गुरुङले गाउँवाट लास सँगै गाडिमा दाउरा समेत लैजाने थालनी गरेको बताउनुभयो ।

    राम्जा जस्तै कुश्मा नगरपालीकाको खौला, पकुवा, पिपलटारी, कटुवाचौतारी र चुवाको साथै फलेवास नगरपालीकाको कार्कीनेटा, थााठाना, शंकरपोखरी र मुडिकुवावाट पनि गाउँवाटै दाउरा लैजाने तयारी गर्दै गरेको बताईको छ ।

    अहिले मोदीवेनी घाट सम्म यातायातका साधनहरु पुग्ने र प्राय लासहरु गाडिमा ल्याईने हुनाले पनि गाउँवाटै दाउरा लैजान सहज हुने राम्जाका नारायण गौतमले बताउनुभयो ।

    मोदीवेनी क्षेत्रमा बर्षै देखी चलाउँदै आएको सिण्डीकेट, लुट र बिकृति बिरुद्ध आवाज उठाउदै सबैसाधारणलाई ठगिनवाट

    जोगाउनको साथै मोदीवेनीको संरक्षको साथै उक्त क्षेत्रको बिकृति रोक्नु सबैकोे साझा जिम्मेवारी भएको उपभोक्ता मञ्च पर्वतका सचिव भवानप्रिसाद शर्माले बताउनुभएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.