• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

राष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि, विज्ञप्ति मार्फत जानकारी

  •    शुभेच्छा न्यूज  /२ पुष २०७७, बिहीबार १९:२३ ,  प्रकाशीत
  • फ्रान्सका राष्ट्रपति इम्यानुएर म्याक्रोको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको छ ।

    फ्रान्सेली राष्ट्रपति भवन एलिजे प्यालेसले बिहीबार विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।

    ४२ वर्षीय म्याक्रोमा कोरोनाको लक्षण देखिएको थियो, त्यसपछि परीक्षण गराउँदा पोजिटिभ पुष्टि भएको हो । उनी अहिले घरबाटै राज्यको कामकाज सम्हालिरहेका छन् ।

    एलिजे प्यालेस विज्ञप्तिमा भनेको छ, “राष्ट्रपति आज कोरोना पोजिटिभ देखिएका छन् ।

    उनमा सुरुआती लक्षण देखिएपछि आरटी पीसीआर परीक्षण गरिएको थियो ।” उनी कोरोनाको चपेटामा कसरी परे भन्ने कुरो अझै पत्ता लागेको छैन ।

    यसबीच उनीसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान गरेर सूचित गर्ने कोसिस गरिएको छ ।

    फ्रान्सका प्रधानमन्त्री ज्याँ क्यास्टेक्सले पनि स्वयम्लाई आइसोलेट गरेका छन् ।

    प्रधानमन्त्रीले बिहीबार सिनेटमा फ्रान्समा भ्याक्सिन लगाउने नीतिका बारेमा बताउने भएका थिए, तर उनी आइसोलेट भएपछि यो काम स्वास्थ्यमन्त्री ओलिभिय भेरोँले गर्ने भएका छन् ।

    विज्ञप्तिमा म्याक्रोकी पत्नी ब्रिजेट म्याक्रोलाई कोरोनाले पक्रेको छ कि छैन भन्ने उल्लेख छैन ।

    म्याक्रोअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसन, ब्राजिली राष्ट्रपति जायर बोलसोनारो तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कोरोना पोजिटिभ भइसकेका छन् ।

    फ्रान्समा कोरोनाको बढ्दो संक्रमणका कारण यो साता रातिको समयमा कर्फू लगाएको छ ।

    जोन हप्किन्स युनिभर्सिटीको आँकडा अनुसार फ्रान्समा कोरोना संक्रमणका कारण ५९ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

    फ्रान्स कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित हुने युरोपियन देशमध्ये एक हो ।
    एजेन्सी

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.