• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशमा सबैभन्दा बढी कोभिड संक्रमित कास्कीमा

"कूल १३ हजार ५६३ सङ्क्रमितमध्ये कास्कीका मात्र छ हजार १२१ जना "
  •    शुभेच्छा न्यूज  /३ पुष २०७७, शुक्रबार १८:०८ ,  प्रकाशीत
  • विश्वव्यापी महामारिका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट गण्डकी प्रदेशअन्तर्गत कास्की सबैभन्दा बढी प्रभावित भएको छ ।

    प्रदेशका अन्य १० जिल्लाको तुलनामा कास्कीको मृत्युदर, सङ्क्रमण र सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको तथ्याङ्कमा उल्लेख छ ।

    कोरोनाका कारण गण्डकी प्रदेशमा कूल १८६ ले ज्यान गुमाएकामा कास्की जिल्लामा मात्र १०५ को मृत्यु भएको छ ।

    अन्य आठ जिल्लामा मृत्युको सङ्ख्या ८१ मात्र रहेको छ ।

    गण्डकी प्रदेशको हिमाल पारिका जिल्लाका रुपमा परिचित मनाङ र मुस्ताङमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छैन भने तनहुँ २०, नवपरासी पूर्व २०, स्याङ्जामा १३, गोरखा नौ, वाग्लुङ आठ, लमजुङ पाँच, पर्वत र म्याग्दीमा तीन/तीन जनाको मृत्यु भएको तथ्याङ्क छ ।

    स्वास्थ्य निर्देशनालय पोखराका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार यो प्रदेशमा सक्रिय सङ्क्रमित सङ्ख्या कूल एक हजार ६१२ मध्ये कास्कीको पोखरामा मात्र ६५६ रहेका छन् ।

    कूल १३ हजार ५६३ सङ्क्रमितमध्ये कास्कीका मात्र छ हजार १२१ जना रहेको निर्देशनालयले जनाएको छ ।

    गण्डकी प्रदेशमा हालसम्म एक लाख १५ हजार ६०४ जनाको पिसिआर परीक्षण गरिएकामा १३ हजार ५८३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

    एक लाख दुई हजार २१ जनामा नेगेटिभ देखिएको थियो भने एक हजार ६३२ जना अहिले पनि सक्रिय सङ्क्रमित छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.