• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्यटन व्यवसायी महिला संघको अध्यक्षमा थापा

  •    शुभेच्छा न्यूज  /३ पुष २०७७, शुक्रबार २१:४२ ,  प्रकाशीत
  • पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान)को तेस्रो वार्षिक साधारणसभा एवम् दोस्रो अधिवेशनले रेनु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    संघको उपाध्यक्षमा कमला गिरी, महासचिवमा शोभा पाण्डे, सचिवमा प्रभा सुवेदी र कोषाध्यक्षमा शोभा अधिकारी पौडेल रहनुभएको छ ।

    त्यस्तै सदस्यहरूमा पार्वती पौडेल, ईश्वरी पौडेल, कमला गुरुङ, अनिता खड्का( भट्टराई), शान्ता तिमल्सिना(सुवेदी) र सरिता क्षेत्री रहनुभएको छ ।

    यस अघि साधारणसभा एवम् अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले कोरोना कहरका कारण समस्यामा परेको पर्यटनलाई जोगाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

    व्यवसायलाई दीगो राख्न सरकारले ल्याएको मौद्रिक नीतिको समानुपातिक एवम् प्रभावकारी कार्यान्वयन अपरिहार्य भएको उहाँले बताउनुभयो ।

    कार्यक्रमका सभापति एवम् टेवानका अध्यक्ष लक्की कार्की क्षेत्रीले दीगो पर्यटनका लागि समान सहभागिता भन्ने नाराका साथ महिला पर्यटन व्यवसायीहरू संगठित बनेको बताउनुभयो ।

    कोरोनाको कहरले पर्यटन क्षेत्रमा अतुलनीय क्षति पु¥याए पनि आगामी दिनका लागि धेरै पाठहरू सिकाएको उहाँको भनाइ छ ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल, टान

    पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशिलराज पौडेल, पश्चिमाञ्चल होटेल संघका अध्यक्ष विकल तुलाचनले कोरोनाले थलिएको पर्यटनलाई पुनःउत्थान गर्दै अघि बढ्नुपर्ने बताउँदै यसका लागि राज्यको व्यवसायी मैत्री नीति हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    टेवानका उपाध्यक्ष रेनु थापाले स्वागत गर्नुभएको कार्यक्रम महासचिव कमला गिरीले सञ्चालन गर्नुभएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.