• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गृह मन्त्रालयद्वारा १८ सिडिओहरूको सरूवा

  •    शुभेच्छा न्यूज  /३ पुष २०७७, शुक्रबार २०:१९ ,  प्रकाशीत
  • गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी १८ जना प्रमुख जिल्ला अधिकारीहरूकाे सरूवा गरेको छ।

    गृहमन्त्री रामबहादुर थापाले शुक्रबार सिडिओ (सहसचिव र उपसचिव)हरूको हेरफेर गरेका हुन् ।

    गृहको सरूवा सूचीअनुसार ललितपुरमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । ललितपुरमा गृह मन्त्रालयबाट ढुण्डीप्रसाद निरौलाको सरूवा भएको छ । ललितपुरका नारायणप्रसाद भट्ट प्रदेश नम्बर ३ को सचिव पठाइएको छ ।

    गृहको सरुवा अनुसार धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीको महोत्तरी सरूवा भएको छ ।

    धनकुटामा गृहबाट बासुदेव दाहाल गएका छन् । रामेछापकी रुद्रादेवी शर्माको गुल्मी सरूवा भएको छ।

    पाँचथरका अर्जुनकुमार शर्माको रामेछाप, खोटाङका शालिग्राम शर्मा पौडेलको गृह मन्त्रालय सरूवा भएको छ ।

    यसैगरी, महोत्तरीका प्रमुख जिल्ला अधिकारी (उपसचिव) कृष्णबहादुर कटुवालको कारागार झुम्का, वसन्तराज पुरीको भोजपुरबाट इलाका प्रशासन कार्यालय इटहरी, कर्मचारी संगठनका पूर्वअध्यक्ष पुण्य ढकालको पाँचथर सरूवा भएको छ ।

    पाँचथरमा सहसचिव पठाउँदै आएकोमा यसपटक गृह मन्त्रालयबाट उपसचिवलाई नै प्रजिअ तोकेर पठाइएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.