• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ओली र प्रचण्डबीच खुमलटारमा भेटर्वाता जारी

  •    शुभेच्छा न्यूज  /४ पुष २०७७, शनिबार ११:४० ,  प्रकाशीत
  • सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री ओली पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न उनको निजी निवास खुमलटार पुगेका हुन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुवै अध्यक्षबीच खुमलटारामा वान टु वान (एक्ला एक्लै) भेटवार्ता जारी रहेको बताएका छन् ।

    यसअघि हिजो (शुक्रबार) ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।

    शुक्रबारको भेटवार्ताका क्रममा प्रचण्डले ‘म मात्रै तपाईंलाई भेट्न आइरहनु पर्छ । तपाईं पनि आउनु न कहिलेकाँहि मेरोमा,’ भने पनि प्रधानमन्त्री ओली शनिबार प्रचण्डको निजी निवास पुगेका हुन् ।

    कोरोना भाइरसको महामारी शुरु भएदेखि प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाट बिरलै मात्र बाहिर निस्किएका छन् ।

    पछिल्लो समय पार्टीको सचिवालय बैठक पार्टी मुख्यालय धुम्बाराहीमा राख्न खोज्दा ओलीले सुरक्षा चुनौती रहेको भन्दै त्यहाँ जान मानेका थिएनन् । धुम्बाराहीमै बसेको स्थायी कमिटी बैठकमा ओली सहभागी भएनन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.