सामाजिक सञ्जाल प्रयोगकर्ताले सावधानी नअपनाउँदा दुर्घटना निम्तने गरेको छ । टिकटक बनाउन झुलुङ्गे पुलमा झु’ण्डिए’का एक युवा पुलवाट खसेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका(१९ बिजौरीका २४ वर्षीय रमेश थापा पुलवाट तल खसेका हुन् । उनी बबई गाउँपालिका-५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलमा साथीसंग गएका थिए ।
टिकटक बनाउन पुलको सपोर्टमा चढेका उनी त्यहाँवाट खसेका हुन् । उनको अवस्था गम्भिर छ ।
गम्भीर घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ।
शनिबार रमाईलो गर्ने भन्दै केही साथीहरु त्यस तर्फ गएका थिए । करिब २ दर्जन युवाहरु रमाइलो गर्दै गरेको अवस्थामा उनी अचानक पुलवाट खसेका हुन् ।
पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका उनीहरुको यस्तो दुर्घटना भएको हो ।
थापा झन्डै २० मिटर माथिको पुलबाट बगरमा बजारिएका थिए। त्यसको भिडियो पनि सार्वजनिक भएको छ ।
उनी पुलमुनी केहीबेर झुण्डिएका पनि छन् । तर हात गलेपछि तल खसेका थिए ।

Related