गएराति विराटनगरमा आगलागीमा परेर एक बालकको मृत्यु भएको छ। आगलागीबाट दुई जना घाईते भएका छन्।
जाडो छल्न बालेको घुरले विराटनगर १४ झटियाहीका राजेशकुमार दास तत्माको घर जल्दा उनका १४ वर्षीय छोरा रविनदासको जलेर मृत्यु भएको हो।
आगलागीमा परि ३२ वर्षीय श्रीमती इन्दुदेवीदास र ७ वर्षीय छोरा किसनकुमार दास जलेर घाइते भएका छन्। राजेशकुमार भने शनिबार पाहुना गएका थिए।
घाइतेको कोशी अस्प्ताल विराटनगरमा उपचार भइरहेको छ।
चिसोमा घुर ताप्न बालिएको आगो मध्यरातमा घरमा सल्किएको थियो। सुतिरहेको अवस्थामा घरमा फैलिएको आगोमा परी बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले बताए।

Related