पार्किङ ठेक्का रद्ध गर्न उच्च अदालत पोखरामा रिट दायर
"पे पार्किङ्का लागि लगानी गर्न लगाएर आफू भने पुन सडकमै फर्कनु गलत "
तपाईको प्रतिक्रिया





पोखरामा पार्किङ ठेक्का रद्ध गर्न उच्च अदालत पोखरामा रिट दायर भएको छ ।
अधिवक्ता राजेन्द्रमान श्रेष्ठ र जागौं नेपाल राष्ट्रिय अभियान कास्कीका अध्यक्ष नारायणहरि तिवारीले अदालतमा रिट दायर गरेका हुन् ।
पोखरा महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्रका मुख्य तथा भित्रि सडकहरुमा समेत सवारी पार्कीङ् उठाउने गरि दिएकाे ठेक्का प्रकृयाकाे सर्वत्र आलाेचना भइरहेकाे छ ।
स्थानीय चुनावमा घोषणा पत्रमा पोखरालाई स्मार्टसिटी बनाउने भन्दै चर्का भाषण गरेका प्रमुख जिसीले सडकमा पार्किङ शुल्क उठाउन
नपाउने कानुनलाई लत्ताउदै मनलाग्दो गरी घण्टा हिसाबमा चर्को पार्किङमा शुल्क उठाउन पाउनेगरी ठेकेदार कम्पनीलाई स्किृति दिएपछि उनको चर्को आलोचना भएको हो ।
जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको ढाड सेक्ने गरी चारपाङग्रे सवारीको प्रतिघण्टा २० रुपैयाँ देखि तीस रुपैयाँ सम्मको शुल्क असुल्न पाउने गरी स्विकृति दिएपछि पोखरेली उनी प्रति आक्रोसित भएका हुन् ।
स्थानीयले आफ्नो पसल अगाडी विहान ७ बजेबाट बेलुका ७ बजे सम्म ब्यवसाय बन्द नहुदा सम्म १२ घण्टाको दैनिक २ सय ४० रुपैयाँ पार्किङवापत तिर्न नसकिने भन्दै महानगरको यस निर्णय विरुद्ध सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् ।
महानगर एकातिर पे पार्किङ्काे अवधारणा भन्दै विभिन्न सार्वजनिक एवम खाली जग्गामा ब्यवसायीहरुलाइ पे पार्किङ्का लागि लगानी गर्न लगाएर आफू भने पुन सडकमै फर्कनु गलत भएकाे सराेकारवालाहरुकाे भनाइ छ ।
पार्किङ शुल्क व्यवस्थापनको ठेक्का प्रक्रियाप्रति चौतर्फी विरोध हुँदै आएको छ /
यसैगरी महानगरले पार्किङका सम्बन्धमा बालहट प्रदर्शन गरेको भन्दै जागौं नेपाल राष्ट्रिय अभियान कास्कीले महानगर गेटमा नै निरन्तर खवरदारीसहितकाे धर्ना कार्यक्रम आयाेजना गर्दै आएकाे छ ।
Related