मकवानपुरका विभिन्न स्थानमा लुकिछिपीरुपमा गरिएको अवैध लागुऔषध गाँजा तथा अफिम खेती नष्ट गर्ने कामलाई प्रहरीले तीव्र गति दिएको छ ।
मकवानपुरको पहाडी क्षेत्रमा अवैधरुपमा गरिएको २७० बिगाह गाँजा खेती प्रहरीले पाँच चरणमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबारसम्म ५५ बिगाह क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको प्रहरीले गत मङ्सिर महिनामा दुई स्थानमा गरी २२३ बिगाह गाँजा खेती नष्ट गरेको थियो ।
प्रहरीले मकवानपुरको बकैया गाउँपालिकाको विकट क्षेत्रमा लगाइएको १० बिगाह र राक्सिराङ गाउँपालिकामा लगाइएको २६० बिगाह गाँजा खेती नष्ट गरेको हो ।
लागुऔषध नियन्त्रण ब्यूरोसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाको कमान्डमा संयुक्तरुपमा
खटिएको ८६ जनाको प्रहरी टोलीले गत मङ्सिर २० देखि २४ गतेसम्म चार दिन लगाएर मकवानपुरको राक्सिराङ गाउँपालिका–२,
३, ४, ५, ८ र ९ को अठारे, धस्राङ, गेजुराङ, कर्लिङ्ग, हाप्राङ, घट्टेखोला, भेडुल, च्यामती, लावती, सरिखेत, पलाँसे,
धुरकोट, माईसिराङ, स्वाँरा, गेजुराङ, हाप्राङ, कर्लिङ, वाङचिङ, भैडुल, तरलिङ, लोच्यो, देविटारलगायत विभिन्न स्थानमा गरी कूल २२० बिगाह क्षेत्रमा लगाइएको गाँजा खेती फँडानी गरी डढाएर नष्ट गरेको थियो ।

Related