• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्राकृतिक स्रोत साधनमा महिलाको पहुँच बिषयक अभिमुखिकरण

  •    शुभेच्छा न्यूज  /६ पुष २०७७, सोमबार १९:५६ ,  प्रकाशीत
  • संचारिका समूह नेपालको आयोजनामा वातावरणिय संरक्षण तथा लैगिंकता र सामाजिक समावेशिकरण विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

    समुहका केन्द्रिय सदस्य एवं पत्रकार महासंघ कास्कीका उपाध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा वन वातावरणको संरक्षणका साथै प्राकृतिक स्रोत साधनमा महिलाको पहुँच र नियन्त्रणको विषयमा छलफल गरिएको थियो ।

    सञ्चारिका समूहले निरन्तर महिलाको मुद्दामा वकालत गर्दै लैगिंक सहभागिता र समानताका विषयलाई जोड दिँदै आएको भण्डारीले बताउनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केदारनाथ शर्माले प्राकृतिक स्रोत र साधन सबैैको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा साझा धारणा हुनुपर्ने बताउनुभएको छ ।

    उहाँले पृथ्वी सबैको साझा भएकाले यसको पर्यावरण जोगाउने जिम्मेवारी पनि सबैको साझा हुने बताउनुभएको हो ।

    उहाँले पछिल्लो समय जलवायु परिवर्तनले वातावरणमा विभिन्न समस्या देखिएको उल्लेख गर्दै पृथ्वीलाई दिगो रुपमा बचाउन लागि बनेका ऐन नियमहरुको कार्यान्वयन महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

    प्रमुख वक्ता उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयका गण्डकी प्रदेशका सचिव डा महेश्वर ढकालले वातावरण संरक्षण तथा वन्यजन्तु संरक्षणको विषयमा प्राकृतिक स्रोत र साधनको रुपमा निकै धनी भएपनि त्यसको सहि प्रयोग र व्यवस्थापन गरेर आर्थिक उपार्जनमा लगाउन नसकिएको बताउनुभयो ।

    उहाँले महिलाको आर्थिक सशक्तिकरणका लागि वातावरणीय स्रोत साधनको सही सदुपयोग गरेर आर्थिक उपार्जनमा जोड्न नितीगत खाँचो औल्याउनुभयो ।

    कार्यक्रमका अर्का वक्ता कोपिला नेपालका कार्यकारी निर्देशक एवम् महिला अधिकारकर्मी विना सिलवालले प्राकृतिक स्रोत र साधन माथि महिलाको पहुँच र नियन्त्रण हुन नसक्दा संरक्षकको भूमिकामा मात्र महिला रहेको बताउनुभयो ।

    उहाँले २०५२ सालमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गठन भएपछि विधानमा ५० प्रतिशत महिलाको सहभागिता अनिवार्य गरेर सकारात्मक सन्देश दिएको बताउनुभयो ।

    सामुदायिक वन उपभोक्ता महासंघ स्याङ्जाका अध्यक्ष दोव बहादुर कार्कीले वन वातावरण संरक्षणमा महिलाको भूमिका अतुलनीय रहेको र महासंघ महिला नेतृ जन्माउने संस्था भएको बताउनुभयो ।

    उहाँले २०५२ सालबाटै महिलाको समान सहभागितामा जोड दिएको जनाउँदै लैङ्गिक समानता र सामाजिक समावेशीताको विषयमा विभिन्न जिल्लामा कार्यक्रम गरेर महिला सशक्तिकरणमा जोड दिएको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले प्राकृतिक स्रोत साधन पहुँचमा महिलाको सहभागिता बढाउन स्पष्ट निति नियमको खाँचो औल्याउनुभयो ।

    नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले वातावरणीय मुद्दामा पत्रकारहरुले उजागार गर्दै वन वातावरण पर्यावरण भित्रका गहन विषयको खोजी जरुरी रहेको बताउनुभयो ।

    कार्यक्रममा संचारिका समूह गण्डकी प्र्रदेशका महासचिव कविता श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो भने वन वातावरण एवं सामाजिक क्षेत्रका ३५ जना सहभागि रहेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.